add

संसद् अवरुद्धले सरकारले महत्त्वपूर्ण निर्णय गर्न सकेन : सहमहामन्त्री आङ्देम्बे






ActPro Nepal

|

२६ पुष, २०७८

|
874

ताप्लेजुङ । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले एमालेले निरन्तर संसद् अवरुद्ध गरेकाले जनताका लागि महत्त्वपूर्व निर्णय हुन नसकेको बताएका छन् ।

सोमबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलनमा गर्दै सहमहामन्त्री आङ्देम्बेले संसद् अवरुद्ध भइरहँदा संसद्प्रति अविश्वास पैदा भएको उल्लेख गरे ।

‘इतिहासमा कहीँ नहुने दुई दुईपटक संसद विघटन केपी ओलीले गर्नुभयो । संवैधानिक नभएकाले पुनस्स्थापना भयो । तर, अहिले पनि संसद् चल्न दिइएको छैन,’ उनले भने ।

पछिल्लो समय दिनदिनै कोभिडको संक्रमण बढ्दै गएकाले त्यसका लागि सरकारले निर्णय लिनुपर्नेमा उनले जोड दिए । तर,एमालेले गरेको संसद अवरुद्धका कारण सरकारले महत्त्वपूर्ण निर्णय लिन नसकेको सहमहामन्त्री आङ्देम्बेले बताए । लामो समयसम्म संसद् अवरुद्ध भइरहँदा संसद्प्रति अविश्वास बढ्दै गएको उनले दाबी गरे ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि सबैखाले गुटको अन्त्य भएको दाबी गर्दै उनले भने, ‘नेपाली कांग्रेसमा गुट-उपगुट समाप्त भएको छ । केही गुट विस्तारै पानीको फोका जस्तै फुटेर जाने छ । नयाँ नेतृत्वले सवाल होइन जवाफ दिन सक्नुपर्दछ ।’

अब नेपाली कांग्रेस केन्द्रदेखि नै शुद्धीकरण हुने उनले बताए । युवा पुस्ता नेपाली कांग्रेसको नयाँ नेतृत्वमा आएकाले पार्टी संगठन मजबुत भएर जानेसमेत उनले बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.