add

सञ्चारमन्त्री कार्की आइसोलेसनमा






ActPro Nepal

|

२५ पुष, २०७८

|
295

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा बसेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत सत्तारुढ दलका नेताहरूमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि मन्त्री कार्की आइसोलेसनमा बसेका हुन् ।  

योसँगै कार्कीले शनिबारदेखि नै भेटघाट बन्द गरेका छन् । शुक्रबारको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा  सत्तारुढ दलका नेतासहित मन्त्री कार्की पनि सहभागी थिए । 

उक्त बैठकमा सहभागी नेतालाई कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेका मन्त्री कार्कीले आज कोरोना परीक्षण गराउने भएका छन् । सत्तारुढ दलका नेतामा कोराना देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसिसकेका छन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.