add

लुटेराहरुद्वारा नाइजेरियामा १४३ जनाको हत्या






ActPro Nepal

|

२५ पुष, २०७८

|
493

कानो, नाइजेरिया, रासस/एएफपी । बन्दुकधारीहरुले नाइजेरियामा थप १४० भन्दा बढीको  हत्या गरेको दाबी गरिएको छ । 

लुटेराहरुको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा उनीहरुको हत्या गरेको जनाइएको छ । घटनाका बारेमा सरकारी अधिकारी र स्वतन्त्र व्यक्तिहरुले पुष्टि गर्न भने बाँकी रहेको समाचारमा जनाइएको छ । तर, स्थानीय एक नेताले भने लडाकू समूहले १४३ जनाको हत्या गरेको दाबी गरेका छन् । उनले भने, 'लडाकू समूहले १४३ जनाको हत्या गरेको छ, उनीहरुले आम नागरिकमाथि हिंसात्मक आक्रमण गरेका थिए ।'

आक्रमणकारी सयौँ लडाकूहरु मोटरसाइकलमा आएर आक्रमण गरेको पनि स्थानीय बासिन्दाले जानकारी दिएका छन् । उनीहरुले १० गाउँमा आक्रमण गरेका हुन । आक्रमणकारीहरुले घर घरमै गएर गोली प्रहार गर्ने, लटपाट गर्ने गरेको स्थानीयको भनाइ छ । घटनाका बारेमा सरकारी सुरक्षाकर्मीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया र सूचना दिइएको छैन । 

नाइजेरियामा लामो समयदेखि लडाकू तथा हिंस्रक समूहले आमनागरिकलाई दुःख दिने गरेका छन् भने उनीहरुसँग सरकारी पक्षले संघर्ष गरिरहनुपरेको छ । सरकारले उनीहरुलाई आतङ्वादी समूहको रुपमा घोषणा गरेर सुरक्षा कारबाही पनि चलाउँदै आएको छ तर अपेक्षित सुधार भने हुन सकेको छैन ।   


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.