add

सीसीएमसी बैठक : ओमिक्रोन भेरियन्ट बढ्दै गए ‘स्मार्ट लकडाउन’






ActPro Nepal

|

२३ पुष, २०७८

|
772

काठमाडौं । सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या थप बढ्दै गएमा स्मार्ट लकडाउन गर्ने तयारी गरेको छ । 

सिंहदरबारमा आज बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवासहितको बैठकमा सहभागीले ओमिक्रोन भेरियन्ट संक्रमित संख्या बढ्दै गएकोम चिन्ता व्यक्त गरेका थिए ।  यसर्थ, आवश्यकताअनुसार स्मार्ट लकडाउन गर्ने बिषयमा सहमति भएके थियो । 

नेपालमा आजैमात्र ९६८ जनामा संक्रमण पुष्टि भएको छ ।

बैठकपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले एकसाताको अवधिमा संक्रमितको संख्या बढ्दै गएमा आवश्यकता अनुसार स्मार्ट लकडाउनमा जाने बिषयमा छलफल भएको जानकारी दिए ।

केही क्षेत्र मात्र बन्द गर्नेगरी सरकारले तयारी थालेकोे उनको भनाइ थियो ।

‘पहिलेजस्तो सवै क्षेत्र बन्द गर्ने सोचमा सरकार छैन । अब केही स्थान वा केही क्षेत्रमात्र बन्द गर्नेगरी स्मार्ट लकडाउनको अवधारणालाई अघि बढाइने छ’, उनले भने । 

भारतबाट प्रवेश गर्ने नाकामा कोरोना परीक्षणलाई प्रभावकारी बनाउने, आइशोलेशन वार्ड निर्माण गर्ने र त्यसको समन्वयनको कार्य प्रमुख जिल्ला अधिकारीले गर्ने मन्त्री खतिवडाले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । यसको संख्या जम्मा २७ पुगेको छ ।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.