add

सहकारीले ऐन विपरीत बढाएको ब्याजदर घटाउनुपर्छ : मन्त्री श्रेष्ठ






ActPro Nepal

|

२३ पुष, २०७८

|
637

काठमाडौं  । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरुले पछिल्लो समय ऐन विपरीत बढाएको ब्याजदर घटाउनु पर्ने बताएकी छिन्।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को ११औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले सहकारीहरुले पछिल्लो समय सहकारी ऐन विपरीत ब्याजदर बढाएकाले सहकारीको मूल मर्मअनुसार जाने हो भने ब्याजदर घटाउनु पर्ने बताएकी हुन्। उनले सहकारीको ब्याजदर घट्दा घट्ने र बढ्दा बढ्ने भन्दा पनि नेपालमा बढ्दा बढाउने तर घट्दा नघट्ने प्रचलन रहेको बताइन्। 

मन्त्री श्रेष्ठले अहिलेको अवस्थामा ब्याजदर बढाउने होइन, सहकारीलाई परेको समस्या अन्य माध्यमबाट समाधान गर्नु पर्ने बताइन्। सहकारीबाट तल्लो तहका जनता लाभान्वित हुने भएकाले तत्लो तहका जनताले सेवा पाउने गरी सहकारीहरुले काम गर्नु पर्ने उनको भनाइ छ। मन्त्री श्रेष्ठले सरकारले सहकारीलाई राष्ट्रहित र जनहितका आधारमा सहकारी नीति बनाउने गरी भिजन पेपर तयार भइरहेको जानकारी दिइन्।

मन्त्री श्रेष्ठले पछिल्लो समय सहकारीहरु वित्तीय सुशासनभन्दा बाहिर गएर तथा सहकारी ऐन भन्दा विपरित काम गरेकाले जनतासामु विश्वास गुमाउँदै गएको बताइन्। उनले सहकारीहरुले लगानी गर्ने भन्दा पनि बचत तथा ऋणमा बढी हुने गरेको र सहकारीको सिद्दान्त अनुसार नचलेको बताइन्। केही सहकारीले बदमासी गर्दा सिङ्गो सहकारी क्षेत्रमा असर परेको उनको भनाइ छ। 

मन्त्री श्रेष्ठले अहिलेको अवस्थामा नयाँ सहकारी दर्ता भन्दा पनि भएका सहकारीलाई मजबुद र प्रभावकारी बनाउनु पर्ने बताइन्। उनले एकै घरमा धेरै बोर्ड राख्नु नहुने भन्दै सहकारीहरु पनि मर्जरमा जानु पर्ने बताइन् । मन्त्री श्रेष्ठले सहकारीमा पछिल्लो समय देखिएका समस्या तथा गुनासोहरु नीतिको कारण भएको हो भने त्यस्ता समस्या समाधानको लागि सरकार तयार रहेको बताइन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.