add

बालुवाटार जग्गा प्रकरणका पाँच जना विरुद्ध २ अर्ब ४० करोड माग गर्दै मुद्दा






ActPro Nepal

|

२१ पुष, २०७८

|
672

काठमाडौं । बालुवाटारको सरकारी जग्गा प्रकरणका रुपमा परिचित ललिता निवासको सरकारी जग्गा खरिदबिक्रीका प्रमुख नाइके शोभाकान्त ढकाल सहित पाँच जना विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ।

विभागले ढकालसहित सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठ र राजेश्वर श्रेष्ठविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ।

उनीहरू विरुद्ध रु.२ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६४८ सजायको माग दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ। उनीहरूले छलेको राजस्व रु.१ अर्ब २० करोड ४९ लाख बिगो कायम गर्दै त्यसको शतप्रतिशत जरिवाना माग गरिएको हो।

अभियुक्तलाई तीन वर्षसम्म कैद सजायको माग पनि गरिएको छ। मुख्य अभियुक्त शोभाकान्त सञ्चालक रहेको आनसान इन्टरनेशनल प्रालिको लेखा परीक्षण राजेश्वर एन्ड कम्पनीले गरेको थियो। यसका प्रोप्राइटर राजेश्वर श्रेष्ठ हुन्।

उक्त कम्पनीले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झूटो मूल्य अभिवृद्धि कर विवरण तयार गरी तथा शून्य कारोबार देखाई कर छलेको भेटिएको विभागले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास क्याम्पभित्रको ३०० रोपनी सरकारी, सार्वजनिक र गुठी जग्गाहरू हिनामिना गरेको भन्दै शोभाकान्त ढकाल विरुद्ध २२ माघ २०७६ मा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको थियो।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.