add

शेयर बजारमा ३२ अंकको बृद्धि,परिसुचक २६१६ अंक पुग्दा ४ अर्ब ५३ करोडको कारोबार






ActPro Nepal

|

१९ पुष, २०७८

|
740

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रोदिन आज सोमवार दोहोरोअंकले बढेको छ ।

आज नेप्से परिसूचक ३२.०३ अंकले बढेर २६१६.९४ विन्दुमा पुगेको छ ।

आइतबार ६०‍.४१ अंकले बढेर २५८४.९१ बिन्दुमा पुगेको परिसूचक सोमबार ३२.०३ अंकले बढेर दुई दिनमा बजारमा ९२.४४ अंकको सुधार देखिएको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २३० कम्पनीको ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७८ रुपैयाँ बराबरको ८२ लाख ५ हजार ५२ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये १२ वटामा बढेको छ भने १ वटा राताम्मे भएको छ । दोहोरो अंकले बढेको बजारमा बैंकिङ २५ , होटल तथा पर्यटन ७३, निर्जीवन बीमा ६१ माइक्रोफाइनान्स १४५, जलविद्युत १० अंकले बढेको छ ।

ब्यापार १, विकास बैंक ७३, फाइनान्स ४२ ,अन्य उपसमूह ३ अंकले बढेको छ । नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा भोटेकोशी जलविद्युत कम्पनी रहेको छ । यो कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेका छ । गुराँस लघुवित्त कम्पनीको शेयर ९.४५ प्रतिशतले बढेको छ ।

दोहोरो अंकले बढेको बजारमा रुरु हाइड्रोपावरका लगानीकर्ता सार्वाधिक गुमाएका छन् । रुरुको शेयर मूल्य २.५९ प्रतिशतले घटेको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्टिलीटर लिमिटेडको भएको छ । यस कम्पनीको आज २८ करोड ४४ लाख भन्दा बढीको कारोबार भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.