add

सेयर बजारमा सुधार :६० अंकले बढ्यो नेप्से, परिसूचक २५८४अंक पुग्दा ४ अर्ब १२ करोडको कारोबार






ActPro Nepal

|

१८ पुष, २०७८

|
667

काठमाडौं ।  साताको कारोबारको पहिलो दिन शेयर बजार उच्च अंकको बढेको छ ।

शेयर बजार मापक सूचक(नेप्से)६०.४१ अंकले बढेर २५८४.९१ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २४० कम्पनीको ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ६७ रुपैयाँ बराबरको ७१ लाख ६० हजार ९८३ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये १२ वटामा बढेको छ भने १ वटा राताम्मे भएको छ । उत्पादनमूलक समूह सबैभन्दा धेरै ५.०८ प्रतिशतले बढेको छ । त्स्तै, विकास बैंक र निर्जीवन बीमा समूह पनि ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा हिमालयन डिष्ट्रिलरी, मध्यभोटेकोशी जलविद्युत कम्पनी र सूर्या लाईफ इन्स्योरेन्स रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् ।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, किसान लघुवित्त, मिथिला लघुवित्त, श्री इन्भेष्टमेन्टको सेयर मूल्य ७ प्रतिशभन्दा धेरैले बढेको छ भने सिभिल लघुवित्त, उन्नति सहकार्य लघुवित्त, ज्योति लाइफ, लुम्बिनी विकास बैंक, नेशनल माइक्रोफाइनान्स र इभरेष्ट इन्स्योरेन्सको प्रमोटर शेयर ६ प्रतिशत धेरैले बढेको छ ।

त्यस्तै, आज गोर्खाज फाइनान्स कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ४५ करोडको शेयर किनबेच भएको छ ।

त्यस्तै, नबिल बैंक २९ करोड र शिवम सिमेन्ट २३ करोडको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.