add

मन्त्रालय मातहतका निकायबाट नीजि क्षेत्रलाई तर्साउने काम भयो : श्रेष्ठ






ActPro Nepal

|

१६ पुष, २०७८

|
844

काठमाडाैं । नेपाल उद्योग वाणिज्य संघका काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले मन्त्रालय मातहतका निकायबाट नीजि क्षेत्रलाई तर्साउने काम गरिरहेको आरोप लगाएका छन् ।

शुत्रबार नेपाल उद्योग वाणिज्य महासंघले वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागसँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले  उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय नीजि क्षेत्रको अभिभावक बनोस् भन्ने आफूहरुको चाहना भएपनि यो मन्त्रालय मातहतका निकायबाट नीजि क्षेत्रलाई तर्साउने काम गरिरहेको आरोप लगाए ।

‘उद्योग वाणिज्य मन्त्रालय मातहतका विभागहरुले जुन रुपमा नीजि क्षेत्रमैत्री काम गर्नुपर्ने थियो, त्यो नभएको अनुभूति हामीलाई भएको छ’ श्रेष्ठले भने ।

नीजि क्षेत्र पनि उपभोक्ताको हितका लागि प्रतिवद्ध रहेको बताएका छन् । यद्यपी, मुलुक संघियतामा गईसकेपछि ३ तहका सरकारबीच समन्वय नहुँदा नीजि क्षेत्रले दुःख पाईरहेको श्रेष्ठको गुनासो छ । साना, मझौला तथा घरेलु उद्योगहरुले राज्यबाट पाउनुपर्ने सेवा सविधा पाउन नसकेको भन्दै उनले त्यसका लागि छुट्टै ‘मेकानिजम’को आवश्यकता महशुस भएको बताएका छन् । 

‘साना, मझौला र घरेलु उद्योगहरु अहिले साँच्चै मर्कामा छन्’ उनले भने, ‘स्थानीय तहमा दर्ता भएर शुल्क बुझाईरहन्छन्, तर पाउनुपर्ने सेवा सुविधा पाउन सकेका छैनन् ।’ 

उनले कर, वाणिज्य लगायतका विषयमा उद्योग दर्ता देखिकै ‘करिकुलम’ बनाउने काम पनि आफूहरुले गरिरहेको जानकारी दिए ।

कार्यक्रममा विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठ, उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष दुर्गाराज श्रेष्ठ लगायतको उपस्थिती थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.