add

झ्याप्प झ्याप्प बत्ति जाने समस्या किन भैरहेको छ ?






ActPro Nepal

|

१६ पुष, २०७८

|
667

काठमाडौं ।  केही दिन यता काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा  विद्युत् आपूर्तिमा समस्या देखिएको छ ।  बुधवार दिनभरको वर्षाले चिसो बढेसँगै उक्त समस्या झनै थपिएको छ ।

पटक–पटक बिजुली जाने गरेको गुनासो सामाजिक सञ्जालदेखि चियापसलसम्म गर्ने क्रम बढेको छ ।

चिसोका कारण बिजुलीको माग अधिक र ओभरलोडेड विद्युत् प्रसारण हुँदा पुराना उपकरणमा समस्या भएपछि विभिन्न स्थानहरूमा विद्युत् आपूर्तिमा समस्या आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

बुधवार साँझ विद्युत्‌ प्रणालीमा १ हजार ६९९ मेगावाट बिजुली माग भएको थियो। यो अहिलेसम्मकै उच्च माग हो।

जसका कारण कैयौं स्थानमा बिजुलीका ट्रान्सफर्मर जले, तार चुँडिए प्राविधिक समस्याका कारण विद्युत्‌ आपूर्तिमा समस्या  आएको  र  बिजुलीको माग थपिने बित्तिकै प्रणालीले नथेगेर ट्रान्सफर्मर जल्ने, फ्युज उड्ने, तार जल्ने लगायत समस्या निम्तिने गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

बुधबारको विद्युत्‌ माग थेग्न विद्युत्‌ प्राधिकरणका आयोजनाबाट ४८० मेगावाट, सहायक कम्पनीबाट ४४७ मेगावाट, स्वतन्त्र ऊर्जा उत्पादकका परियोजनाबाट ४३७ मेगावाट तथा नपुग बिजुली भारतबाट १४३ मेगावाट आयात गरिएको थियो।

प्राधिकरणले अहिले वितरण प्रणालीमा रहेका समस्या समाधानका लागि ट्रान्सफर्मरहरू फेर्ने, प्रसारण र वितरण लाइन विस्तार गर्ने, जमीनमुनिबाट तार बिछ्याउने लगायत काम गरिरहेको छ ।नेपालमा करीब २ हजार मेगावाट जडित क्षमताका जलविद्युत्‌ आयोजना सञ्चालनमा छन्। मुलुकमा विसं १९६८ सालको फर्पिङ जलविद्युत् आयोजनाबाट बिजुलीको शुरुवात भएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.