add

विजेता भलिबल टोलीको भव्य स्वागत, मन्त्री गहतराज विमानस्थलमै पुगे






ActPro Nepal

|

१५ पुष, २०७८

|
1361

काठमाडौं । दोस्रो पटक पनि एभीसी सेन्ट्रल जोन भलिबलको ऐतिहासिक सफलता हासिल गरेको नेपाली महिला भलिबल टोलीलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज अन्तराष्ट्रिय विमानस्थलमा पुगेका छन् ।

ढाकाबाट भर्खरै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल झरेको टोलीलाई स्वागत गर्न मन्त्री गहतराजसहि नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष निरोज मास्केको टोली पुगेको छ । नेपाली महिला भलिबल टोलीले यसअघि सन् २०१९ मा पनि सेन्ट्रल जोन भलिबलको उपाधि जितेको थियो ।

विमानस्थलबाट खेलाडी तथा अफिसियललाई फूलमालाले सजिएको गाडीमा नगरपरिक्रमा गराउँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिषसरमा दिउँसो १ बजे भव्य स्वागत तथा सम्मान गरिएको छ । विमानस्थलमा पनि उनीहरूको स्वगतमा नेपाली परम्परागत, नेवारी बाजासहित भलिबल संघ पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा खेलकर्मीको बाक्लो उपस्थित थियो ।

विमानस्थलमा स्वागत गर्दै मन्त्री गहतराजले खेलाडीलाई बधाई दिँदै अर्को प्रतियोगिताको लागि तयार भएर बस्न आग्रह गरे । बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराएर दोस्रो पटक उपाधि भित्राएको हो ।

साविक विजेता नेपालले यसअघि बंगलादेशमै सम्पन्न  पहिलो संस्करणको फाइनलमा माल्दिभ्सलाई सोझो सेटमा हराएर पहिलो पटक उपाधि हात पारेको थियो । हिजो (बुधबार) मात्रै मन्त्रीपरिषद्को बैठकले विजेता खेलाडीलाई पाँच, प्रशिक्षकलाई तीन र अफिसियललाई दुई लाख नगद दिने निर्णय गरेको थियो । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.