add

हिमालयन डिष्टिलरीले गर्यो बम्पर लाभांश घोषणा, नगद र बोनस सेयर कति ?






ActPro Nepal

|

७ पुष, २०७८

|
1251

काठमाडौ । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई शतप्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट सेयरधनीलाई ७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २५ प्रतिशत नगद गरी कुल १०० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

कम्पनीले प्रस्ताव गरेको लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा वीरगञ्ज नगरपालिकाको लिपनीविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ ।

साधरण सभा प्रयोजनका लागि हिमालयनले पुस १६ गते बुक क्लोज मिति तोकेको छ । तसर्थ, पुस १५ गतेसम्म कायम रहने सेयरधनी मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन पाउने छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.