add

सशक्त र बलियो कांग्रेस निर्माणका लागि सक्रिय रहन्छु : एनपी साउद






ActPro Nepal

|

६ पुष, २०७८

|
685

 काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एनपी साउदले सशक्त र बलियो कांग्रेस निर्माणका लागि सक्रिय रहने बताएका छन् ।

१४औं महाधिवेशनमा खुलातर्फ सर्वाधिक दोस्रो लोकप्रिय मत पाएर केन्द्रीय सदस्य निर्वाचित साउदले जिल्ला तथा क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिलगायत आफ्ना शुभेच्छुकलाई धन्यवाद दिँदै सशक्त र बलियो कांग्रेस निर्माणका लागि साथसाथै अघि बढ्ने उल्लेख गरेका छन् ।

‘१४औं महाधिवेशनका क्रममा म प्रति अपार माया देखाउनु भएकोमा कृतज्ञ छु । यहाँहरुको माया, सद्भाव र विश्वासको सदैब सम्मान गर्ने प्रण दोहोर्याउन चाहन्छु,’ साउदले भनेका छन्, ‘सशक्त र बलियो कांग्रेस निर्माणका लागि तपाई हामी सदैब साथै रहने छौं ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.