add

‘माइपे’ वालेटको सेवा सुरू, २५ प्रतिशतसम्मको क्यासब्याक पाइने






ActPro Nepal

|

६ पुष, २०७८

|
806

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ‘माइपे’ वालेट सार्वजनिक भएको छ । डिजिटल पेमेन्ट फस्टाउँदै गइरहेको अवस्थामा आधुनिक फिचरहरू सहित ‘माइपे’ सार्वजनिक भएको हो ।

२०२१ नोभेम्बर २४ बाट सुरु गरिएको माइपेले पहिलो पटक एप डाउनलोड गरी कारोबार गर्नेलाई २५ प्रतिशत क्यास ब्याक योजना ल्याएको छ । योजना अन्तर्गत १०० रुपैयाँसम्म क्यासब्याक गरिने व्यवस्था गरिएको छ ।

यस वालेट मार्फत घरायसी आवश्यकताहरूलाई डिजिटल माध्यमबाटै पूरा गर्ने महत्वकांक्षी योजना रहेको माइपेले जनाएको छ । अहिले मोबाइल टपअप बिजुलीको बिल भुक्तानी, इन्टरनेटको बिल भुक्तानी गर्ने सुविधाहरू उपलब्ध रहेका छन् । त्यसबाहेक वालेटबाट टीभीको बिल भुक्तानी गर्न सकिन्छ ।

माइपे वालेटमा सजिलै कुनै पनि बैंकबाट फन्ड लोड गरी कारोबार गर्न सकिन्छ र अन्य माइपे अकाउन्टमा रकमान्तरण समेत गर्न सकिन्छ । हाल माइपे सामान्य सेवाहरू सहित आफ्नो प्रणालीको स्थायीत्व परीक्षण गरिरहेको छ ।

माइपेका सीईओ मनोजकुमार मेहता हाल संचालनमा रहेको विद्युतीय भुक्तानी सेवा प्रदायकहरूको सेवामा रहेका बिजुली, इन्टरनेट वा अन्य बिल भुक्तानी गर्ने परम्परागत शौलिलाई उछिन्दै माइपे ग्राहकहरू माझ आएको बताउँछन् ।

‘हामीले सर्वसाधारणलाई अति आवश्यक सेवाहरू डिजिटल माध्यमबाटै गर्न सकिने गरी फरक र नयाँ सेवा दिने जमर्काेमा रहेका छौं,’ उनले भने ‘अहिले हामीले परीक्षणका रूपमा केही विशेषताहरू मात्रै राखेर माइपे वालेट सार्वजनिक गरेका छौं, हाम्रो वालेटको परफमेन्स र सर्वसाधारणको प्रतिकृया हेरेर छिट्टै नै हामी अति आवश्यक, सहज र नवीन सुविधाहरू सहितको पूर्ण रूपको वालेट सार्वजनिक गर्नेछौं ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.