add

महन्थले सम्झिए लोसपा गठनमा देउवाको सद्भाव






ActPro Nepal

|

२४ मंसिर, २०७८

|
891

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी महन्थ ठाकुरले आफू नेतृत्वको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी गठनमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भूमिकालाई कांग्रेसकै महाधिवेशनमा स्मरण  गरेका छन्।

प्रधानमन्त्री देउवाले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका कारण ठाकुर नेतृत्वको पार्टी लोसपा गठनको बाटो खुलेको थियो। उक्त विषयलाई लोसपा अध्यक्ष ठाकुरले स्मरण गरेका हुन्। 

'अहिले तपाईंहरूको सद्भाव विशेष गरी प्रधानमन्त्रीजीको सद्भाव छ जो मेरो पार्टी तर्फ छ, मतर्फ छ त्यसको लागि म हार्दिक धन्यवाद दिन चाहन्छु, हाम्रो पार्टी धन्यवाद दिन चाहन्छ,' कांग्रेस महाधिवेशन सफलताको कामना गर्दै उनले भनेका थिए। 

सम्बोधनका क्रममा उनले नेपाली कांग्रेसको इतिहास पनि स्मरण गरेका थिए। 'नेपाली कांग्रेस प्रजातन्त्र ल्याएन संघर्षशील पार्टी हो। यिनका आदरणीय नेताहरू बीपी कोइराला, महेन्द्रनारायण निधि हुनुहुन्छ,' उनले भने, 'उहाँहरूको प्रेरक व्यक्तित्वले हामीलाई प्रेरित गरिरहेको छ। 

ठाकुरले लामो समय नेपाली कांग्रेसमा रहेर मधेश आन्दोलनका बेला नयाँ पार्टी गठन गरी मधेशकेन्द्रित राजनीतिक  यात्रा सुरु गरेका थिए। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.