add

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै,यस्ता छन् बैठकका एजेण्‍डा






ActPro Nepal

|

२३ मंसिर, २०७८

|
902

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ। 

 केन्द्रीय कार्यसमितिको बैठक बिहान ११:३० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्य सहभागि हुनेछन्। 

१३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको सम्भवत यो अन्तिम बैठक हो। बैठक पार्टीको महाधिवेशनको तयारी र महाधिवेशनमा लैजाने एजेण्डाका विषयमा पनि छलफलमा केन्द्रित रहने उनको भनाई छ।  नेपाली कांग्रेसले १४ औं महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ। 

निर्वाचनका लागि भृकुटीमण्डप हलभित्र, बाहिर र सभागृहमा मतदान केन्द्र राखिनेछ। मञ्चभित्र र बाहिर ४–५ ठाउँमा श्रव्यदृश्यको व्यवस्था गरिँदै छ। महाधिवेशनमा करिब ४ हजार ७ सय प्रतिनिधि सहभागी हुनेछन्। कांग्रेस केन्द्रीय कार्यालयका सहसचिव रवीन्द्र बज्राचार्यका अनुसार भोजन, आवास र मञ्च व्यवस्थानमा झन्डै ५ करोड खर्च हुन्छ।

यस्तो छ निर्वाचन तालिका

केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार मंसिर २४ गते १० बजे महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन गरिनेछ। २५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन गर्दा र ५ देखि ७ बजेसम्म दाबी विरोध र जाँचबुझ गरिने संयोजक घिमिरेले जानकारी दिए। 

त्यस्तै २५ गते बेलुका ७ देखि ९ बजेसम्म दाबी विरोध उपर निर्णय गरिने, राति ९ देखि १२ बजेसम्म उम्मेदवारको पहिलो नामावली प्रकाशन गरिने छ। त्यस्तै मंसिर २६ गते ११ बजेसम्म मनोनयन फिर्ता लिने समय तोकिएको छ। त्यसपश्चात सोही दिन १२:१५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ।

घिमिरेका अनुसार मतदान मंसिर २७ गते बिहान ८ बजेदेखि सुरु हुनेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.