add

समायोजनपछि पनि ५.५० प्रतिशतले घट्यो प्राइम कमर्सियल बैंकको शेयरमुल्य






ActPro Nepal

|

२२ मंसिर, २०७८

|
463

काठमाडौं । बुधवार प्राइम कमर्सियल बैंक लिमिटेडको शेयरमूल्य समायोजनपछि पनि घटेको छ । नेप्सेले बैंकले प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । 

बैंकको मंगलवार कायम अन्तिम शेयरमूल्य ४४३ रुपैयाँको आधारमा नेप्सेले बोनसपछिको मूल्य ३८१ दशमलव ९० रुपैयाँ तोकेको हो । समायोजनपछि ३८१ रुपैयाँ देखि खुला भएको कम्पनीको शेयरमूल्य न्यूनतम ३६० रुपैयाँसम्म झरेर अन्तिम मूल्य ३६० दशमलव ९० रुपैयाँ कायम भएको हो । समायोजनपछि पनि बैंकको शेयरमुल्य ५ दशमलव ५० प्रतिशत अर्थात प्रतिकित्ता २१ रुपैयाँले घटेको हो ।

यस वर्ष बैंकले १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि बैंकले पुस ६ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । 

उक्त सभा प्रयोजनका लागि मंसिर २२ गते एक दिन बुक क्लोज गरेसँगै नेप्सेले बुक क्लोजपछिको मूल्य कायम गरेको हो । बुक क्लोजको आधारमा मंसिर २१ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य भएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.