add

सामजिक सुरक्षा कोषको अवकाश दावी भुक्तानी अब अनलाइनबाट.यसरी लिनुहोस्






ActPro Nepal

|

२१ मंसिर, २०७८

|
721

काठमाडौं । सामाजिक सुरक्षाकोषले प्रदान गर्ने अवकाश दावी भुक्तानी अनलाइनबाट लिन पाइने भएको छ ।

कोषले मंगलबार विज्ञप्ति जारी गर्दै अब अवकाश दावी भुक्तानी अनलाइनबाट मात्र हुने व्यवस्था गरेको जनाएको हो । जसमा कोषले अनलाइन दाबी भुक्तानीका लागि विभिन्न तरिका उल्लेख गरेको छ ।

यसरी अनलाइबाट अवकाश दावी भुक्तानी गर्नलाई अनिवार्य रुपमा केवाइसी अपडेट भएको हुनुपर्नेछ । रोजगारदाता कर्मचारीको सूचीबाट हटाउनको लागि ट्रमिनेट गराउनु पर्नेछ । अनिमात्र तपाइको प्रक्रिया शुरु हुनेछ ।

यो सबै पुरा भइसकेपछि कोषको वेवसाइटमा गएर कन्ट्रिब्युटर पोर्टलमा गएर लगइन गरी २०७८ असार मसान्तभित्र योगदान सुरु गरेको योगदानकर्ता हो भने एक्स्ट्रा अमाउन्टमा गएर ट्रान्सफर किल्क गर्नपर्नेछ ।

कोषले आफ्नो भएको खाताका सम्पूर्ण कार्यलाई अनलाइनमार्फत् कार्य गर्न रोजगारदाता र योगदानकर्तालाई अनुरोध गरेको छ ।

सरकारले २०७४ मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको थियो । उक्त योजना २०७६ साउनदेखि कार्यान्वयनमा आएको छ । कोषले सबै क्षेत्रका श्रमिकलाई आबद्ध गराउन सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ दुई पटक संशोधन गरेर योगदानकर्तामैत्री बनाउँदै लगेको छ ।

कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताको आधारभूत पारिश्रमिकको २८.३३ प्रतिशत रकमलाई निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा ८.३ प्रतिशत रकम जम्मा हुने व्यवस्था मिलाएको छ ।

आगामी असार मसान्तभित्र योगदान शुरु गर्ने योगदानकर्ताले चाहेमा निवृत्तिभरणअन्तर्गत हुन आउने २० प्रतिशत रकम अवकाश सुविधा योजना हस्तान्तरण गर्न सक्ने गरी कार्यविधि संशोधन गरिएको छ ।

अवकाश सुविधा योजनामा जम्मा भएको रकम अवकाश हुँदा वा जागिरबाट अलग हुँदा निकाल्न पाउने तथा ८० प्रतिशतसम्म विशेष सापटीका रुपमा योगदानकर्ताले लिन सक्नेछन् ।

कोषले सूचीकृत हुन बाँकी सम्पूर्ण निजी तथा सङ्गठित संस्थालाई सूचीकरण गरी सामाजिक सुरक्षा योजना सञ्चालन कार्याविधि, २०७५ को दोस्रो संशोधनले दिएका सुविधा उपयोग गर्न आह्वानसमेत गरेको छ ।

यस्तो छ अनलाइन दाबी भुक्तानी गर्ने तरिका



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.