add

पार्टी एकता​का लागि वैद्य, बाबुराम र विप्लवसँग छलफल गर्दै छौँ : महरा






ActPro Nepal

|

२० मंसिर, २०७८

|
538

रसुवा । पूर्वसभामुख कृष्णबहादुर महराले आगामी निर्वाचनमा नेकपा माओवादी पहिलो दल हुने बताएका छन् ।

उत्तरी रसुवाको आमा छोदिङ्मो गाउँपालिकास्तरीय उक्त दलको प्रथम सम्मेलन आइतबार शुभारम्भ गर्दै उनले अहिले यो दल दुप्लाएको जस्तो देखिए पनि आगामी निर्वाचनमा विसं २०६४ कै अवस्थामा फर्कने बताएका हुन् ।

अन्य दलमा जस्तो यस दलमा आन्तरिक कलह नभएको स्पष्ट पार्दै उनले आदीवासी, जनजाति, घले, गुरूङ, सबैक्षेत्रको वृहत्तर हितका लागि आफ्नो दल निरन्तर अगाडि बढ्ने बताए । माओेवादीले  ल्याएको जनहितकारी एजेण्डा पुरा गर्न बाँकी रहेकोले आफ्नो दललाई विजय गराउन उनले स्थानीय समुदाय माझ आग्रह पनि गरे ।

टुक्रिएर गएका डा.बाबुराम भटृराई, वैद्य, विप्लवसमेतका साथीलाई एकता गराउन सौहार्दपूर्ण वातावरणमा वार्ता अगाडि बढिसकेकाले रसुवा जिल्लामा पनि अन्यत्र गएका सबै साथी छिट्टै मूलघारमै प्रवेश गरी नेकपा माओवादीलाई अत्यधिक मत दिएर उचाइमा पुर्याउने महराले विश्वास व्यक्त गरे ।

उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले) र राप्रपा परित्याग गरी माओवादीमा प्रवेश गर्ने ५२ कार्यकर्तालाई सम्मान गरिएको थियो । महराले आइतबार नै रसुवागढी नाकाकोसमेत स्थलगत अवलोकन गर्नाका साथै  कोरोना सङ्क्रमणका कारण उत्पन्न असरका बारेमासमेत जानकारी लिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.