add

आर्थिक एजेण्डामा समान दृष्टिकोण बनाउन सबै राजनैतिक दलहरुलाई ढकालको आग्रह






ActPro Nepal

|

२० मंसिर, २०७८

|
744

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेण्डामा सबै राजनैतिक दलहरूले समान दृष्टिकोण बनाउनुपर्ने बताएका छन् । बुटवल उद्योग वाणिज्य संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले कोभिड १९ को महामारीले संकटमा परेकाे अर्थतन्त्रलाई द्रूत गतिमा पुनरुत्थान गर्न सबै राजनैतिक दलहरूको समान धारणा आवश्यक पर्ने बताए ।

“अहिले अर्थतन्त्र विस्तारै सुधार हुन थालेको छ । यो जुन सुधार देखिएको छ यसलाई रोकिन दिनुहुन्न । सबै मिलेर यसलाई द्रूत गतिमा पुनरुत्थान गर्नुको विकल्प छैन,” उनले भने, “यसका लागि सबै राजनैतिक दलहरूको समान दृष्टिकोण र सहयोग आवश्यक पर्छ ।”

अहिले देखिएको कोरोनाको नयाँ ओमिक्रोन भेरियन्टको नेपालमा पर्न सक्ने प्रभाव बारे उनले अहिलेसम्मका अध्ययनहरूले कम खतरापूर्ण देखाएकाले आर्थिक तथा व्यवसायिक गतिविधिहरू सञ्चालन गर्नुको विकल्प नभएको बताए ।

लुम्बिनी प्रदेश मुलुककै धार्मिक, सांस्कृतिक तथा पर्यटकीय केन्द्र रहेको भन्दै उनले  विस्तारै भैरहवा र बुटवल जस्ता सहरहरू आर्थिक केन्द्रका रूपमा पनि विकास हुँदै गरेको बताए ।

आईएमई समूहको लगानीमा सातवटै प्रदेशमा केबलकार सहितको पर्यटकीय गन्तब्यहरू निर्माण भइरहेको र त्यस्ता परियोजनाहरूमा स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणहरूसँग समेत सहकार्य हुने पनि उनले बताए ।

“हामीले सातवटै प्रदेशमा केबलकारसहितका पर्यटकीय गन्तब्यहरू निर्माण गर्न गइरहेका छौँ । यसमध्ये एउटा परियोजना बुटवलमा पनि रहेको छ । यस्ता परियोजनाहरूमा स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणहरूसँग समेत साझेदारी र सहकार्य हुनेछ,” उनले भने ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.