add

कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा पौडेल पक्षका पुन विजयी






ActPro Nepal

|

२० मंसिर, २०७८

|
566

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन् । उनी रामचन्द्र पौडेल पक्षका हुन् । बिहान सम्पन्न मतगणनाको अन्तिम परीणाम अनुसार पुनले  सभापतिका अर्का प्रत्यासी संस्थापन समूहका भरतकुमार शाहलाई ८५ मतले हराएका हुन् ।

सभापतिमा निर्वाचित पुनले ८५२ मत पाउँदा शाहले ७६७ मतमै चित्त बुझाए ।

पदाधिकारीमा पनि पुन प्यानलकै वर्चश्व छ । उपसभापतिमा भुवनप्रसाद श्रेष्ठ ८४७ र राजु खनाल ७९२ मत ल्याइ विजयी भएका छन् । खनाल भने  संस्थापन निकट मानिन्छन् । अष्टभुजा पाठकले ७७२ र सुधाकर पाण्डेले ६६१ मत ल्याएर उपसभापतिमा पराजित भए ।

महामन्त्रीमा विक्रम खनालले ८४४ र सुरेन्द्रराज आचार्यले ८३९ मत ल्याइ विजयी भएको निर्वाचन समितिले जनाएको छ । दुवैजना पौडेल निकट हुन् । सहमहामन्त्रीमा विष्णु खनाल ८५९, खगराज पाण्डे ७७६ र निमा गिरी ८३० मत ल्याइ निर्वाचित भएका छन् । ती सबै पौडेल समूहकै हुन् ।

शनिबार राति १२ बजेदेखि सुरु भएको मतगणना सोमबार बिहान मात्र सकिएको हो । प्रदेश अधिवेशनमा कुल १ हजार ६३१ मत खसेको थियो । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये नौ जिल्ला सभापतिमा पनि पौडेल पक्षले सभापति जितेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.