add

कांग्रेस प्रदेश १ सभापतिमा उद्धव थापासँग गुरुराज घिमिरे दुई मतले पराजित






ActPro Nepal

|

२० मंसिर, २०७८

|
851

काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा संस्थापन पक्षका उद्धव थापा विजयी भएका छन्।

संस्थापन इतर पक्षका प्रत्यासी गुरुराज घिमिरेलाई २ मतले पछि पार्दै थापा प्रदेश सभापतिमा विजयी भएका हुन्। गएराति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार थापाले ८४४ मत र घिमिरेले ८४२ मत पाएका छन्।

थापा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको तर्फबाट तथा घिमिरे वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शेखर कोईराला पक्षको तर्फबाट प्रदेश सभापतिमा उठेका थिए। प्रदेश सभापतिमा निर्वाचित थापा कांग्रेस झापाका पूर्वसभापति हुन् भने घिमिरे कांग्रेस केन्द्रीय सदस्य हुन्।

प्रदेश पदाधिकारीमध्ये एक बाहेक सवै थापा प्यानलका उम्मेद्वार विजयी भएका छन्। उपसभापतिमा टंकप्रसाद राई (८४७) र रमेशजङ्ग रायमाझी (८९१) विजयी भएका छन्।

महामन्त्रीमा उमेश थापा (८२३) र भूपेन्द्र राई (८२४) विजयी भएका छन्। थापा घिमिरे प्यानलबाट विजयी भएका हुन्।

यस्तै, सह–महामन्त्री (महिला) तर्फ प्रमिलाकुमारी गच्छेदार (८३७), सह–महामन्त्री (खुला)तर्फ खड्ग फागो (१०२६) र विनोदकुमार बस्नेत (७४७) विजयी भएका छन्।

अन्य पदको मत गणना जारी छ। कुल १ हजार ८ सय ४ मत रहेको प्रदेश निर्वाचनमा १ हजार ७५३ मत खसेको थियो। निर्वाचन समितिले घोषणा हुन बाँकी छ।

कसले कति मत पाए?

सभापति     

उद्धव थापा : ८४४

गुरुराज घिमिरे : ८४२    

उपसभापति

गोबिन्दप्रसाद ढुंगाना : ७६५    

टंकप्रसाद राई : ८४७

रमेशजङ्ग रायमाझी : ८९१

बिश्वनाथ रिजाल : ६६९

महामन्त्री

उमेश थापा : ८२३

दिपनकुमार श्रेष्ठ : ७६४   

पद्मसुन्दर पालुङ्वा : ८०७    

भूपेन्द्र राई : ८२४

सह–महामन्त्री (महिला)

प्रमिलाकुमारी गच्छेदार : ८३७    

सीता कार्की : ७३३

सह–महामन्त्री (खुल्ला)

खड्ग फागो : १०२६  

रोहितकुमार शाह : ६६५

विनोदकुमार बस्नेत : ७४७     

वीरकाजी राई : ६४७

शुभचन्द्र राई : ८४



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.