add

थप ५ स्थानमा "युवासँग – महालक्ष्मी लाईफ" कार्यक्रम सम्पन्न






ActPro Nepal

|

१९ मंसिर, २०७८

|
772

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले थप ५ स्थानमा थप ५ स्थानमा "युवासँग – महालक्ष्मी लाईफ" कार्यक्रम सम्पन्न गरेकाे छ । कम्पनीले मंसिर १५,१६ र १७ गते हेटौँडा, दमौली, भिरकोट (स्याङ्जा), बारबर्दिया र कोहलपुरको कलेजहरुमा कार्यक्रम सम्पन्न गरेकाे हाे।

सहायक क्याम्पस प्रमुख देविराम लामाको अध्यक्षतामा १७ गते हेटौँडा  क्याम्पसमा सम्पन्न कार्यक्रममा ९० जनाको सहभागिता थियो । बीमाको महत्व बारेमा प्राध्यापक भुपेन्द्र कोइराला र कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले प्रकाश पारेका कार्यक्रममा बीमा जागरणका विषयमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले प्रशिक्षण दिएका छन् । कार्यक्रममा शाखा प्रमुख रेनु साहका साथै अभियानका केन्द्रिय सदस्य सन्ध्या पोखरेल र रोमी श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

यसैगरी, स्याङ्जाको भिरकोटस्थित भु.पु. सैनिक कम्यूनिटी एकेडेमीमा अभियानका केन्द्रिय सदस्य खेम भट्टराईको अध्यक्षतामा सञ्चालित जनचेतना कार्यक्रममा ४० जनाको सहभागिता रहेको तथा कम्पनीका क्षेत्रिय प्रमुख अखिल धमलाले प्रशिक्षण दिएका थिए । मंसिर १५ गते दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा प्राध्यापक विरेन्द्र पौडेलको अध्यक्षतामा सञ्चालित "युवासँग महालक्ष्मी लाईफ" कार्यक्रममा ३४ जना विद्यार्थीको सहभागिता रहेको थियो । कम्पनीका क्षेत्रिय प्रमुख अखिल धमला र एरिया ब्रान्च मेनेजर माधव न्यौपानेले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।   

बाँकेको कोलहपुर शाखाले बारबर्दिया नगरपालिका १० स्थित जनसेवा बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख नारायण कुमार श्रेष्ठको अध्यक्षतामा मंसिर १६ गते "युवासँग महालक्ष्मी लाईफ" कार्यक्रम सम्पन्न गर्‍यो । ४० जना विद्यार्थिको सहभागिता रहेको कार्यक्रममा सिनियर एजेन्सी मेनेजर ललित जी सि र कम्पनीका शाखा प्रमुख जय प्रकाश उपाध्यायले बीमाको महत्व बारेमा र कम्पनीका क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

मंसिर १७ गते कोहलपुरको कोहलपुर मोडेल कलेजमा क्याम्पस प्रमुख संजिव बाबु पंगेनीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । ७० जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा अभियानका केन्द्रिय सदस्य विरेन्द्र बहादुर साही र कम्पनीका शाखा प्रमुख जय प्रकाश उपाध्यायले जीवन बीमाको महत्व बारेमा प्रकाश पारे। कम्पनीका क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले सहभागीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।

आश्विन महिनाबाट प्रारम्भ गरिएको जनचेतना अभियानमा युवा र विद्यार्थीहरुको आकर्षण बढ्दै गएको कारण तीन महिना भन्दा कम अवधिमा २३ जिल्लाको ४२ स्थानमा "युवासँग  महालक्ष्मी लाईफ" कार्यक्रम सञ्चालन भइसकेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.