add

क्यान महासंघले इन्फोटेक माघ तेस्रो सातादेखि गर्ने






ActPro Nepal

|

१८ मंसिर, २०७८

|
830

काठमाडौं । क्यान इन्फोटेकको २७ औं संस्करण माघ १८ गते देखि हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको मेला ६ दिनसम्म चल्नेछ ।

इन्फोटेकको २७ औं संस्करण गत बैशाख २८ गतेदेखि हुने गरी सबै तयारी गरिएकोमा कोभिड(१९ को दोश्रो लहरले रोकिएको थियो ।

आयोजनाले कोभिड–१९ का कारण प्रभावित सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि सम्बन्धि व्यवसायी तथा सम्बन्धित पक्षहरुलाई राहत तथा सहयोग पुग्ने अपेक्षा क्यान महासंघले लिएको छ ।

यसैबीच सूचना तथा संचार प्रविधिको क्षेत्रमा भएका विकास तथा नवप्रवर्तनहरुलाई क्यान इन्फोटेकमा ल्याउने महासंघको प्रयास रहने महासचिव नारायण थापाले बताए ।

क्यान महासंघले मंसिर ३ गते शुक्रवार काठमाडौंमा गरेको बीटुबी आइसिटी बिजनेश समिट (२०२१ मा देशभरवाट सुचना तथा संचार(प्रविधि सम्बन्धि ब्यबसायीहरुको छलफल तथा इन्फोटेकको २७ औं संस्करणको बारेमा ब्यक्त चासोका कारण पनि आगामी क्यान इन्फोटेक अझ विशेष हुने आयोजकको अपेक्षा छ ।

क्यान इन्फोटेकको २७ औं संस्करणको मिति घोषणासंगै यसको शिर्ष प्रायोजन सह (प्रायोजन,प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भर प्रायोजनका साथै अन्य प्रायोजन तथा साझेदारीका निम्ति प्रस्ताव खुल्ला गरिएको आयोजकले जानकारी दिएको छ ।

सूचना तथा संचार प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता प्रचलन छ ।

प्रर्दशनीले व्यवसायीहरुका लागी व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् । अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

‘क्यान इन्फोटेकले कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिनेछ’ महासचिव थापाले भने ।

क्यान इन्फोटेक २०२२ मा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ,स्टार्ट(अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि,इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ तथा इण्टरनेट र लर्निङ सेन्टर लगायतका विभिन्न खण्डहरु रहने गरी तयारी अगाडि बढाईएको छ ।

इन्फोटेकमा प्रदर्शनीकर्ताहरुले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क, आईओटी तथा आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारी लिन सक्नेछन् ।

त्यस्तै आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, स्वास्थ्य, पर्यटन र कृषिमा सूचना प्रविधि, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि प्रर्दशनीमा रहनेछन् ।

क्यान इन्फोटेकको यो संस्करण करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.