add

अध्यक्षमा उम्मेदवारी दिएका रावलले भने, 'मैले जिते आगामी चुनावमा पार्टीलाई बहुमत दिलाउँछु'






ActPro Nepal

|

१३ मंसिर, २०७८

|
610

चितवन । नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिएका भीमबहादुर रावलको आफूले जितेमा आगामी आमनिर्वाचनमा पार्टीलाई बहुमत दिलाउने बताएका छन् । 

रावलले सोमबार बिहान उम्मेदवारी दर्ता गराइसकेका छन् ।

‘पार्टी नेतृत्वका लागि कसैले घोषणा गर्दैमा हुँदैन ।  त्यसैले उम्मेदवारी दर्ता गरे,’ उनले भने, ‘हरेक प्रतिनिधिलाई आफूलाई मन लागेको पदमा उठ्ने अधिकार छ । मैले त्यही अधिकार प्रयोग गरेर उम्मेदवारी दिएको हुँ ।’

रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज बिहान ८ बजेसम्मलाई स्थगन गरेको थियो । रावलको प्रस्तावकमा महादेव बजगाइँ, समर्थकमा दुधकला विष्ट रहेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.