add

माओवादी केन्द्रले छान्यो दाङका आठ पालिकामा सर्वसम्मत नेतृत्व, दुईमा बाँकी






ActPro Nepal

|

१२ मंसिर, २०७८

|
464

दाङ । नेकपा माओवादी केन्द्रले दाङका आठ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका दश स्थानीय तह मध्ये नेकपा माओवादी केन्द्र दाङले आठ स्थानीय तहमा निर्विरोध पालिका नेतृत्व चयन गरेको हो  ।

शनिबारदेखि सुरु भएको पालिका अधिवेशनले पालिका सम्मेलनबाट नेतृत्व चुन्ने काम गरेको माओवादी केन्द्र दाङले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकामा नेतृत्व चयन हुन सकेको छैन । घोराही उपमहानगरपालिकाको अध्यक्षमा प्रमोद शर्मा चुनिएका छन् । उपाध्यक्षमा सुशीला शर्मा, खिमबहादुर चौधरी र रमेश वली, सचिव भागिदास चौधरी, मने विश्वकर्मा र कोषाध्यक्ष दिलकुमारी बूढा निर्वाचित भएका हुन् ।

शान्तिनगर गाउँपालिकाको अध्यक्षमा नेब बहादुर रोका चयन भएका छन् । रोकाको अध्यक्षतामा ४९ सदस्यीय नेकपा माओवादी केन्द्र गाउँ कमिटी गठन भएकोे जनाएको छ । उपाध्यक्षहरूमा खजेन्द्र शर्मा, रिता बटाला, हिरालाल वली, सचिवमा पिमलाल वली, सहसचिवमा हिरा सुनार, कोषाध्यक्ष जंगबहादुर पुन छन् । बबई गाउँपालिकाको अध्यक्षमा डिल्ली बुढाथोकी चयन भएका छन् । बुढाथोकीको अध्यक्षतामा ५५ सदस्यीय गाउँ कमिटी गठन भएको पार्टीले जनाएको छ । उपाध्यक्षहरूमा रमेश सुनार, प्रेम जिसी र यज्ञबहादुर वली छन् ।

सचिवमा अन्जु घर्ती, सहसचिवमा खुमबहादुर बिक र कोषाध्यक्षमा परेकलाल बूढा चयन भएका हुन् । सम्मेलनबाट ४५ जना चयन भएको र बाँकी १० जना सदस्यलाई कमिटीको बैठकबाट मनोनित गरिने बताइएको छ । दंगीशरण गाउँपालिकाको अध्यक्षमा मणिराम चौधरी निर्वाचित भएका छन्। उपाध्यक्षहरूमा बीरु ओली, निर्मला चौधरी र दिलकुमारी बिक, सचिव दीपक गौतम, सहसचिव टङ्क ओली र कोषाध्यक्ष हरिप्रसाद कक्रेल निर्वाचित भएका हुन् ।

गढवा गाउँपालिकामा श्याम नारायण पोखरेल अध्यक्षमा चयन भएका हुन् । शर्माको अध्यक्षतामा ४९ सदस्य कमिटी गठन गरिएको छ । उपाध्यक्षहरु दिपा पुन, बसन्ती चौधरी, देबराज यादब रहेका छन् । सचिवमा कैलास चौधरी, सहसचिवमा ज्ञान बहादुर परियार र कोषाध्यक्षमा बसन्त गिरी चयन भएका हुन् ।

राप्ती गाउँपालिकामा अध्यक्ष श्यामेश चौधरी, उपाध्यक्षहरू राजेन्द्र पुजाली, नारायणप्रसाद शर्मा र सुरेश चौधरी, सचिव तुला गिरी, सहसचिव बसन्त नेपाली र कोषाध्यक्ष भगवता अधिकारी निर्वाचित भएका छन् । राजपुर गाउँपालिकामा अध्यक्ष चक्रबहादुर खड्का, उपाध्यक्षहरू श्यामबहादुर रोका, भोगेन्द्रसिंह राजपुत र लक्ष्मी देवी चौधरी, सचिव विष्णु प्रसाद यादव, सहसचिव दिलमति ओली चौधरी र कोषाध्यक्ष भीम वली छन् ।

बंगलाचुलीमा अध्यक्ष डोमाकान्त कँवर मगर, उपाध्यक्षहरूमा गिरिराज बाँठा मगर, यमुना घर्ती र रमा पुन, सचिव दामोदर खड्का, सहसचिव शोभाराज विश्वकर्मा र कोषाध्यक्षमा बासुदेव महरारहेका छन् ।

लमही नगरपालिकामा कार्य समिति चयन भए पनि नेतृत्व चयन हुन नसकेकाले १५ मंसिरको बैठकबाट टुंगो लगाउने जानकारी आएको जिल्ला संयोजक तुलसीराम पुन ‘सुवास’ले जानकारी दिए । निर्वाचित कार्य समितिमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित र मुस्लिम समुदाय रहेको ठाउँमा २ प्रतिशत मुस्लिम समुदायबाट प्रतिनिधित्व भएको पनि उनले जानकारी दिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.