add

एमाले महाधिवेशन: अन्तिम लडाइँमा सुवास नेम्वाङ






ActPro Nepal

|

१२ मंसिर, २०७८

|
681

चितवन । १०औं महाधिवेशनको उत्तरार्द्धतिर रहेको एमालेभित्र आगामी नेतृत्व को भन्ने विषयमा सहमतिको प्रयास जारी छ । भीम रावलले अध्यक्षमा दाबी गरेपछि सहमतिका लागि लम्बिएको बन्दसत्र अझै सुरु भएको छैन । चितवन यतिबेला भीम रावललाई उपाध्यक्षमा मनाएर केपी ओलीलाई पुनः नेतृत्वमा स्थापित गर्न चाहन्छ ।

रावललको अडान र ओलीको पक्षमा सर्वसम्मतको बहसमा केन्द्रित चितवनमा भेला भएकामध्ये एकजना नेता भने कार्यकारी राजनीतिक जीवनको अन्तिम लडाइँमा छन् । २०२९ सालमा अनेरास्ववियुको राजनीतिबाट उदाएका इलामे नेता सुवासचन्द्र नेम्वाङ चितवनमा वरिष्ठ उपाध्यक्ष पाउनुपर्ने अडानमा छन् । उनलाई ओलीले राष्ट्रपतिको आश्वासन देखाए पनि मानेका छैनन् ।

यसका पछि एउटै कारण छ- नेम्वाङका लागि यो महाधिवेशन एमालेको केन्द्रीय पदाधिकारीमा बसेर काम गर्ने पहिलो र अन्तिम अवसर हो । संसदीय फाँटमा एमालेको तर्फबाट अवसर नै अवसर पाउँदै आएका नेम्वाङ पार्टी राजनीतिमा भने स्थायी कमिटीबाट माथि पुग्नै सकेका छैनन् । अर्थात् उनी हालसम्म एमालेको केन्द्रीय कमिटीमा पदाधिकारी भएका छैनन् ।

एमाले विधानले ७० वर्ष पूरा भएपछि पार्टीको कार्यकारी पदमा रहन नपाउने भनेको छ । नेम्वाङ १०औं महाधिवेशनमा आइपुग्दा ६८ वर्ष आठ महिनाका भएका छन् । यो महाधिवेशनबाट उनी पदाधिकारीमा अटाउन सकेनन् भने ११औं महाधिवेशनमा उनी उमेरहदका कारण स्वतः अवकाशमा परिसकेका हुनेछन् । 

२०६४ र २०७० को संविधानसभा निर्वाचनपछि उनले संविधानसभा अध्यक्षको भूमिका पाए । कानुनमन्त्रीदेखि संसदीय दलको उपनेतासम्म भए । तर पार्टीको पदाधिकारीमा अट्ने यो अन्तिम अवसर हो । ‘यसपटक पदाधिकारी हुनुभएन भने उहाँ पदाधिकारी नै बन्न नपाई एमालेको कार्यकारी राजनीतिबाट अलग हुनुपर्ने भएकाले पनि वरिष्ठ उपाध्यक्षमा स्वाभाविक दाबी गर्नुभएको हो,’ इलामको सूर्योदय नगरपालिका उपप्रमुखसमेत रहकी एमाले महाधिवेशन प्रतिनिधि दुर्गादेवी भट्टराई भन्छिन् । 

इलामसहित प्रदेश १ बाट आएका अधिकांश प्रतिनिधि र जनजाति पृष्ठभूमिका नेताहरू यही कारण पनि नेम्वाङलाई जसरी पनि पदाधिकारीमा भएको हेर्न चाहिरहेको उनको भनाइ छ । २०३३ सालमा राजकाज मुद्दामा जेल परेका नेम्वाङले २०३५ देखि २०५१ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरे भने २०४३ मा उनी नेपाल बार एसोसिएसनको महासचिवसमेत भएका थिए ।

संसदीय निर्वाचनमा अहिलेसम्म पराजय नभोगेका नेम्वाङ सहमति नभए निर्वाचनबाटै भए पनि पदाधिकारीमा अटाउनेमा ढुक्क छन् । आफूले अहिलेसम्म चुनाव नहारेको बताउने नेम्वाङ सहमतिको नाममा ओझेलमा नपारिए वरिष्ठ उपाध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई सहजै पराजित गर्ने आंकलनसहित निर्वाचनमै जान चाहिरहेको उनी निकट नेताहरू बताउँछन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.