add

एक सातामै बैंकिङ प्रणालीबाट ९ अर्ब गायब, ७ अर्ब कर्जा विस्तार






ActPro Nepal

|

२५ कार्तिक, २०७८

|
405

काठमाडौं । एक सातामै  वाणिज्य बैंकहरुको निक्षेप संकलन घटेको ९ अर्बले घटेको छ ।  नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरूको निक्षेप संकलन घट्दा कर्जा लगानी भने बढेको छ ।

तथ्यांक अनुसार कात्तिक महिनामा मात्रै २७ वाणिज्य बैंकहरुबाट ३१ अर्ब निक्षेप घटेको छ । असोज मसान्तसम्म यी बैंकहरुमा कुल ४२ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा कात्तिक १७ गतेसम्म आउँदा ४२ खर्ब ३८ अर्बमा झरेको छ ।  कात्तिक  १२ गतेसम्म वाणिज्य बैंकहरूले ४२ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।  यो साता भने अघिल्लो साताको तुलनामा ९ अर्बले घटेको हो । 

त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी भने बढेको छ ।  बैंकहरुको कर्जा लगानी ७ अर्ब रुपैयाँले बढेर ४० खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ । कात्तिक  १२ गतेसम्म वाणिज्य बैंकहरूले ४० खर्ब १८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

बैंकबाट निक्षेप बाहिरिने र कर्जा भने थप प्रबाह भइरहँदा अबका दिनमा बैंकहरुको नयाँ कर्जा दिनसक्ने क्षमता एकदमै न्यून रहेको छ । 

नेपाल राष्ट्र बैंकको प्रवाधान अनुसार बैंकको सीडी रेसियो ९० प्रतिशत हुनुपर्छ । तर अहिलेनै बैंकको सीडी रेसियो ८९।८७ प्रतिशत पुगिसकेको छ ।

यस्तो अवस्थामा राष्ट्र बैंकले कस्तो कदम चाल्छ बैंकरहरू पर्ख र हेरको अवस्थामा रहेका छन्


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.