add

मैले राेकेर हुँदैन, अब अधिवेशन समयमै हुन्छ :देउवा






ActPro Nepal

|

१९ कार्तिक, २०७८

|
743

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको १४औँ महाधिवेशन समयमै गर्ने कि नगर्ने भन्ने कुरा आफ्नो हातमा नरहेको बताएका छन्।

नेपाली कांग्रेस भक्तपुरले आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले निर्धारित समयमै महाधिवेशन होस् भन्ने आफ्नो चाहना भए पनि आफूले चाहेर मात्रै नहुने उल्लेख गरे। प्रधानमन्त्री देउवाले भने, “समयमै महाधिवेशन हुनुपर्छ भन्ने मेरो पनि चाहना हो, तर महाधिवेशन अब पार्टी सभापतिको हातमा छैन, कहिले गर्ने भन्ने निर्वाचन समितिको हातमा छ।” निर्वाचन समितिलाई मङ्सिरभित्रै सबै काम सक्नुस् भनेको उल्लेख गर्दै उनले भने, समितिले छिटो काम सके महाधिवेशन समयमै हुन्छ, तोकिएकै मितिमा हुन्छ।

कसैको पनि कुरा नसुनि महाधिवेशनको तयारीमा लाग्न प्रधानमन्त्री देउवाले सबैलाई आग्रह गरे। उनले भने, “जसले जे भने पनि नपत्याउनुस्, महाधिवेशन निर्धारित समयमै हुन्छ, स्थानीय तहदेखि नै सकेसम्म सर्वसम्मतरूपमा नेतृत्व चयन गर्नुस्, सर्वसम्मत हुँदै भएन भने मात्रै स्वस्थ प्रतिस्पर्धामा जानुस्।”

पाटीर्को अधिवेशनमा जीत–हार हुन्छ तर यसलाई दुश्मनीका रूपमा लिन नहुने बताउँदै प्रधानमन्त्री देउवाले भने, “पार्टी अधिवेशन आउँदैछ, सर्वसम्मतरूपमा पार्टी सभापति छान्नुस्, जीत हार हुन्छ, हार्नेले जित्नेलाई सहयोग र जित्नेले हार्नेलाई सहयोग गर्नुपर्छ, जीत–हारबाट दुश्मनी नबढोस्।” उनले कोभिड–१९ को सङ्क्रमणबाट जोगिन कोरोनाविरुद्धको खोप तेस्रोपटक लगाउन आम जनतालाई आग्रह गरे। 

प्रधानमन्त्री देउवाले भने, “कोरोनाविरुद्धको पहिलो र दोस्रोपटक खोप लगाएकालाई पनि फेरि कोरोना सङ्क्रमण भएको छ, तेस्रोपटक पनि खोप दिनुपर्ने भएको छ, मैले पनि दुईपटक मात्रै लगाएको छु, तेस्रोपटक लगाउनु पर्छ, तपाईँहरु पनि दुईपटक खोप लिएकाले तेस्रोपटक पनि लगाउनुहोस् ।” सो अवसरमा उनले सहिद भरत गोपाल झाका परिवारलाई राज्यबाट पाउने सुविधा दिलाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेल, जिल्ला सभापति दुर्लभ थापा, उपसभापति हरि नेपाल, सचिव उद्वव सिलवाललगायतले लोकतन्त्रको रक्षाका लागि पार्टी एक ढिक्का भएर जानुपर्नेमा जोड दिए।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.