add

अवैध रूपमा नेपाल भित्र्याइएको औषधिसहित दुई जना पक्राउ






ActPro Nepal

|

१६ कार्तिक, २०७८

|
860

सिरहा । सिरहा प्रहरीले भारतबाट भन्सार छलेर ल्याइँदै गरिएको औषधिसहित दुई जनालाई पक्राउ गरेको छ ।

लहान नगरपालिका–१९ कटहा चौकबाट १४ कार्टुनमा लिकोटोन २ सय २५ एमएलको १ हजार ६२ बोतल औषधि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुभाष बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार प्रदेश २–०१–००१ ह ०६७३ नम्बरको ट्याम्पुमा ल्याइँदै गरिएको ३ लाख ३९ हजार मूल्यको औषधिसहित सिरहाको बरियारपट्टि गाउँपालिका ५ का १८ वर्षीय राकेशकुमार यादव र टेम्पु चालक लहान नगरपालिका १ का २२ वर्षीय शत्रुद्यन राम पक्राउ परेका हुन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.