add

जनप्रतिनिधिको पसलमै अवैध पटाका






ActPro Nepal

|

१६ कार्तिक, २०७८

|
595

लुम्बिनी । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले तिहार लक्षित बजार अनुगमन सुरू गरेको छ। पालिकाले सोमबारबाट बजार अनुगमन सुरू गरेको छ। 

आज पहिलो दिन ग्रामीण क्षेत्रमा बिक्री गर्न राखिएका म्याद गएका बस्तु र पटाका बरामद गरिएको छ। नगरपालिकाको वडा नम्बर ७ मानपुर सेखुनियामा रहेको आर के इलेकट्रिकलबाट ठूलो संख्यामा पटका बरामद गरिएको हो। पसलका सञ्चालक राम किशोर रैदास बुद्धभूमि नगरपालिका ७ का वडा सदस्य किस्लावती चमाईनीका छोरा हुन्। 

चाडपर्वमा नागरिकको स्वास्थ्य र सुरक्षाको लागि ग्रामीण भेगका पसलमा अनुगमन गरेको थियो। सोमबार पालिकाको वडा नम्बर ६ र ७ को अनुगमन भएको नगरपालिका उद्योग वाणिज्य तथा सहकारी अधिकृत विजय भुसालले बताए। अनुगमनका नियम विपरीत रहेका सामाग्री जफत गर्नुका साथै पसल सञ्चालकलाई सचेतसमेत गराएका थिए। अनुगमन टोलीले पटका, खाद्य सामाग्री, श्रृंगारका सामाग्री, सुर्ती तथा मदिरा जन्य पदार्थको अनुगमन गर्दै नियम विपरीत भएको जफत गरेको थियो। 


सञ्चार कर्मी, प्रहरी, व्यवसायी तथा समाजसेवीसहितको टोलीले तिहार लक्षित गरी नेपाल भित्र्याइएको विस्फोटक पदार्थ (पटाका) समेत बरामद गरेको थियो। बरामद भएका सामाग्रीलाई खाल्टोमा पुरेर नष्ट गरिएको बताइएको छ। दसैं अगाडीदेखि सुरू भएको बजार अनुगमन प्रभावकारी देखिएकोले निरन्तरता दिनु पर्ने बुद्धभूमि उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष शोभाखर बन्जाडेले बताए।


यता पालिकाले अनुगमन सुरू गरे पछि स्थानीय जनताले समेत खुसी व्यक्त गरेका छन्। चाडपर्वको समयमा व्यापारीले गुणस्तरहीन सामाग्री बेच्दै जनताको स्वास्थ्यमा खेलबाड गर्ने गरेका पटक पटक उजागर भएकोले नगरपालिकाले समयमा अनुगमन गर्दा व्यापारी सचेत हुनुको साथै जनता लाभान्वित हुने बुद्धभूमि-४ का कृष्ण गिरीले बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.