add

स्रोत नखुलेको ८ लाख २० हजार रुपैयाँसहित उमेश साह पक्राउ






ActPro Nepal

|

१२ कार्तिक, २०७८

|
587

मोरङ । बिराटनगर महानगरपालिका १८ भेडियारीबाट स्रोत नखुलेको नगद ८ लाख २० हजार रुपैयाँ सहित झापा बिर्तामोड नगरपालिका ३ बस्ने ३४ वर्षीय उमेश साहलाई बुधबार प्रहरीले पक्राउ गरेको छन । 

भारतबाट नेपालतर्फ आउँदै गरेको को २९ प ८६४० नम्बरको स्कुटरलाई अस्थाई प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरको डिकीमा लुकाई ल्याउँदै गरेको उक्त रुपैयाँ फेला पारी उनलाई पक्राउ गरेको हो । 

उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय ईटहरी सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.