add

तालिवान भन्छ : अफगानिस्तानमा आइएस पत्तासाफ हुन्छ






ActPro Nepal

|

१२ कार्तिक, २०७८

|
455

काबुल । केही साता अघिसम्म अफगानिस्तानको पूर्वी सहर जलालाबादका चोकमा मानिसहरुको शब भेटिन्थ्यो । कसैलाई हातखुट्टा काटेर गोली ठोकेर फालिएको हुन्थ्यो भने केहीलाई सडकमै झुन्डाइन्थ्यो । हत्या गरिएकामध्ये धेरैका गोजीमा कागजको एउटा बिटो हुन्थ्यो । अनि त्यहाँ लेखिएको हुन्थ्यो ‘अतिवादी मुस्लिम समूह आईएसको सदस्यबिरुद्ध सरकारलाई गुप्तर गरेको अभियोगमा भौतिक कारबाही ।’ 

ती त्रासदीपूर्ण हमलाको जिम्मा कसैले लिदैनथ्यो । बरु त्यस्ता गैरन्यायिक हत्यामा तालिवानको संलग्नता रहेको आशंका गरिन्थ्यो । किनकी अफगानिस्तानमा आइएसको तुलनामा तालिवानकै दबदबा थियो । तर, अहिले परिस्थिति भिन्न छ ।  तालिवानको सत्तापलटपछि अफगानिस्तान तुलनात्मक रुपमा ‘शान्त’ छ । तर, कतिपय स्थानमा आईएसले आफ्नो प्रभाव देखाउन हिंसात्मक हमला गरेका छन् । आईएसलाई ‘निर्मूल’ गर्ने तालिवानले अठोट गरेको छ । 

पछिल्लो समयमा जलालाबादमा तालिवान आईएसमाथिको दमनमा उत्रिएको छ । स्थानीय स्तरमा ‘दायस’ भनिने आइएसले अहिले पनि तालिवान शैलीमा आक्रमण गरेर भाग्न थालेका छन् । आईएस र तालिवानबीच एक अर्कोमा आरोप–प्रत्यारोपमा उत्रिएका छन् । आइएसले तालिवानलाई आफ्नो अडान छोडेको आरोप लगाएको छ भने तालिवानले ‘जघन्य हत्या’ मा उत्रिएको बताएको छ । 

नानगरहार प्रान्तका तालिवान गुप्तर सेवाका प्रमुख डा.बशिरले आईएसलाई सो प्रान्तबाट पत्तासाफ गर्न थालेको बताउँछन् । तालिवानले सयौं आईएस लडाकु पक्राउ गरेको उनको भनाई छ । डा‍.बशिर र सम्पूर्ण तालिवानले नै अफगानिस्तानमा आईएसको पकड गुम्दै गएको बताउँछन् । अफगानिस्तानको युद्ध अन्त्य भएको र देश शान्तिको पथमा हिडिसकेको तालिवानको दाबी छ । अब अफगानिस्तानमा आईएसको अस्थित्व समाप्त पार्ने डा। बशिरको दाबी छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.