add

महिला लघुवित्तको लाभांश परिमार्जन, बढ्यो बोनस






ActPro Nepal

|

५ कार्तिक, २०७८

|
905

काठमाडौ  । महिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषण गरेको लाभांश परिमार्जन गरेको छ ।

राष्ट्र बैंकले निर्देशन दिए अनुसार कम्पनीले बोनस दर बढाएर नगद लाभांशको दर घटाएको हो ।

कम्पनीले अब ४७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.५ प्रतिशत नगद लाभांश गरि कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसअघि योग्य मुनाफाबाट शेयरधनीलाई ४५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन्।

हाल १० करोड चुक्ता पूँजी रहेको लघुवित्तको बोनस वितरणपछि चुक्ता पूँजी १४ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.