add

दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब ६३ करोडको कारोबार






ActPro Nepal

|

४ कार्तिक, २०७८

|
915

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से १४.७० अंकले घटेर २५५६.९६ विन्दुमा आइपुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २१६ कम्पनीको २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४५९ रुपैयाँ बराबरको ६१ लाख ६ हजार ४५२ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ समूह मध्ये ३ वटाको परिसूचकमा हरियाली छाएको छ । भने १० वटाको परिसूचक घटेको छ । कुल ३० कम्पनीको मूल्य बढेको छ भने १५१ कम्पनीको घटेको छ । ५ कम्पनीको मूल्य स्थिर रह्यो ।

अन्य उपसमूह ११ अंक बढ्यो । बैंकिङ ७, ब्यापार ६७, होटल तथा पर्यटन ५८, विकास बैंक ९४, जलविद्युत ४६, फाइनान्स ४६, निर्जीवन बीमा २३, उत्पादन १०५, माइक्रोफाइनान्स १४ र जीवन बीमा उपसमूह १०५ अंकले घटेका छन् ।

जोशी हाइड्रो र गुडवील फाइनान्स शेयर सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ । मेरो माइक्रो फाइनान्स लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.