add

महिला मेयर कप आजबाट, उद्घाटन खेलमा महालक्ष्मी र बागमती भिड्दै






ActPro Nepal

|

४ कार्तिक, २०७८

|
717

काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता आज बिहीबारबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला लिग छनोटको रूपमा आयोजना गर्न लागेको ‘उपमेयर कप प्रतियोगिता’ को दोस्रो संस्करण सुरुवात एन्फा कम्प्लेक्स सातदोबाटो गर्न लागेको हो ।

पहिलो दिन तीन खेल आयोजना हुनेछन् । प्रतियोगिताको उद्घाटन खेलमा महालक्ष्मी नगरपालिका र बागमती नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९ बजे सुरु हुनेछ । प्रतियोगितामा प्रत्येक दिन तीन खेल हुनेछन् । प्रतियोगितामा सहभागी ३१ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । समूह 'ए'मा चार र अन्य समूहमा तीन टोली छन् । समूहका विजेता ‘नक आउट’ चरणमा प्रवेश गर्नेछन् ।

२२ कात्तिकमा नक आउट चरणका खेल सुरु हुनेछ । फाइनलमा पुग्ने दुई टोली भने यसै वर्ष हुने राष्ट्रिय महिला लिगमा छनोट हुनेछन् । गत सिजन राष्ट्रिय लिगमा उत्कृष्ट प्रदर्शन गरेका तीन विभागीय (नेपाल पुलिस, आर्मी, एपीएफ) सहित चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाले प्रतियोगितामा ‘बाई’ पाएका छन् ।

दुई क्लब छनोट भएसँगै अर्को राष्ट्रिय लिग खेल्ने टोली आठ पुग्नेछन् । यसपटक छनोट खेलमा प्रत्येक टोलीले चार विभागीय खेलाडी खेलाउन पाउने प्रावधान छ । उपमेयर कपको विजेताले पाँच लाख र दोस्रो हुने टोलीले तीन लाख पाउनेछ । फेयर प्ले टिमले नगद ५० हजार पाउनेछ ।

विधागततर्फ उत्कष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २० हजार प्राप्त गर्दा एक सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछ । यस्तै प्रत्येक खेलको वुमेन्स अफ दि म्याचले पाँच हजार रुपैयाँ पाउनेछन् । राष्ट्रिय महिला लिगको साविक विजेता एपीएफ क्लब हो । डबल राउन्ड रोबिनको आधारमा भएको लिगमा एपीएफले दोस्रो स्थानको आर्मीभन्दा १० अंकको अग्रतासहित उपाधि हात पारेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.