add

ब्याजदर वृद्धिको होडमा बैंकहरु, कुन बैंकको कति ? (सूचीसहित)






ActPro Nepal

|

२ कार्तिक, २०७८

|
946

काठमाडौं । बैंक तथा वित्तिय संस्थाले कात्तिक महिनाको लागि ब्याजदर सार्वजनिक गरेका छन् ।

बैंकहरुले कात्तिक १ देखी लागू हुने गरी सार्वजनिक गरेको नयाँ ब्याजदर असोज महिनाको भन्दा बढाएका छन् । केही बैंकहरुले पुरानै ब्याजदरलाई कायम राखेका छन् ।

बैंकहरूमा तरलताको अभाव हुन थालेपछि भएको बचतलाई आफ्नैमा राख्न र अन्य बैंकको बचत पनि आफ्नोतर्फ तान्न ब्याजदर बढाएका हुन् ।

सबैभन्दा धेरै हिमालय बैंकले संस्थागत निक्षेपकर्ताका लागि ३ महिने मुद्दतीको ब्याजदर ११.६७ प्रतिशत र साधारण निक्षेपमा ६.६७ प्रतिशत ब्याजदर कायम गरेको छ ।

मेघा बैंक, एभरेष्ट बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंक, सनराइज बैंक, माछापुच्छ्रे बैंक, नविल बैंक र एनमबि बैंक लगायतका बैंकले असोज महिनाको ब्याजदरलाई नै निरन्तरता दिएका छन् ।

यसैगरी सरकारी बैंकहरु नेपाल बैंक लिमिटेड, राष्ट्रिय बाणिज्य बैंक र कृषि बिकास बैंकले मुद्दती र साधारण तर्फको ब्याजदर बढाएका छन् ।

एनआइसी एसिया बैंकले व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ११.१० प्रतिशत ब्याज तोकेको छ। बचतमा पनि धेरै ब्याज दिनेमा सो बैंक नै अगाडि देखिएको छ । उसले साधारण बचतमा दिने ब्याजदर पनि ६.१० प्रतिशत कायम गरेको छ ।

नेपाल बङ्गलादेश बैंकले साधारण बचतमा ५.२८ प्रतिशत र मुद्दतिमा १०.२८ प्रतिशत ब्याजदर दिने भएको छ । सेन्चुरी बैंकले साधारण बचतमा ५.२५ प्रतिशत, रेमिट बचतमा ७.२५ प्रतिशत र मुद्दतीमा १०.७५ प्रतिशत सम्म ब्याजदर घोषणा गरेको छ ।

एनसीसी बैंकले साधारण बचतमा ५.५५ प्रतिशत र मुद्दतीमा १०.५५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । ग्लोबल आईएमई बैंकले संस्थागत निक्षेपकर्ताका लागि मुद्दतीमा ९.५० प्रतिशत ब्याजदर तोकेको छ ।

यस्तै, सिद्धार्थ बैंकले साधारण बचतमा ५.३ प्रतिशत र मुद्दतीमा १०.३ प्रतिशत ब्याजदर कायम गरेको छ ।

कुमारी बैंकले साधारण बचतमा ५.३१ प्रतिशत र संस्थागत निक्षेपकर्ताका लागि मुद्दतीमा १०.३१ प्रतिशत ब्याजदर कायम गरेको छ । सिभिल बैंकले ३ महिने संस्थागत निक्षेपकर्ताका लागि १०.६१ प्रतिशत ब्याजदर तोकेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.