add

कृष्ण आचार्यको दोस्रो उपन्यास ‘ब्लु डायरी’ सार्वजनिक






ActPro Nepal

|

१६ असोज, २०७८

|
960

काठमाडौं । “पातहरू त मौसम फेरिनसाथ पलाउलान्, रुखहरूमा त फेरि हरियाली छाउला । तर, मेरो जीवनमा बुवा कहिल्यै फर्किएर आउनु हुने छैन ।” उपन्यास ‘ब्लु डायरी’को यो हरफले धेरै पाठकको मन तान्न सक्छ ।

शनिवार सोही पुस्तक ‘ब्लु डायरी’को विमोचन समारोह सम्पन्न भएको छ । यस अघि सफल उपन्यास ‘अप्रिय फुल’मार्फत् आम पाठकमाझ आफ्नो पहिचान बनाएका लेखक आचार्यले दोस्रो पुस्तक बजारमा ल्याएका हुन् । 

नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सम्पन्न विमोचन समारोहका प्रमुख अतिथि तथा वक्ताका रूपमा नायिका गौरी मल्ल र लेखक तथा पत्रकार अश्विनी कोइराला रहेका थिए ।

पुस्तकमा प्रेम, यौवन र देशका समसामयिक तथा प्रतिनिधि घटनाहरूलाई बिम्बको रूपमा प्रयोग गरिएको लेखक आचार्य बताउँछन् । अबको १७ १८ वर्षपछि अर्थात् भविष्यको कथा नै  पुस्तकको प्रमुख आकर्षणका रूपमा रहेको पाउन सकिन्छ ।

बीएन पुस्तक संसारले प्रकाशन गरेको पुस्तकको आवरण सन्तोष दाहालले तयार पारेका हुन् । पुस्तकको मोल ३५० रुपैया रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.