add

विश्व बक्सिङ च्याम्पियनसिप छनोटमा भूपेन्द्र प्रथम






ActPro Nepal

|

३ असोज, २०७८

|
883

काठमाडौं  । नेपाल प्रहरीका भूपेन्द्र थापा मगर आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि संचालित खुला छनोट प्रतियोगिताको ६३ किलोमा आइतबार पहिलो भएका छन् ।

नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता भूपेन्द्रले भीपीपीकेआरका पवन गुरुङलाई पराजित गरे ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा जारी प्रतियोगिताको ५१ किलोमा एचटुओका रविन थापा पहिलो भए । उनले फाइनलमा एपीएफका प्रदीप महर्जनलाई हराए । 

५७ किलोको फाइनलमा एपीएफका पुरन राईले बक्समान्डुका सरोज महर्जनलाई पन्छाउँदै शीर्ष स्थान हात पारे । ७१ किलोमा एपीएफका विकास लामा पहिलो भए । उनले फाइनलमा नेपाल आर्मीका दीपेश लामाको चुनौती पन्छाए ।

पाँच स्पर्धा समावेश छनोट प्रतियोगिताको अन्तिम दिन सोमबार ललितपुरका सनिल शाही र बक्समान्डुका दाबा छिरिङ लामाबीच ६७ किलोको फाइनल प्रतिस्पर्धा हुनेछ ।

सेमिफाइनलमा १३औँ सागका स्वर्णधारी सनिलले भाइबका विकास राना मगर तथा दाबाले एपीएफका सुमन कार्कीलाई पाखा लगाए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.