add

७ स्थानीय तहको बेरुजु २७ करोड ६८ लाख






ActPro Nepal

|

१३ भदौ, २०७८

|
560

काठमाडौँ ।  जाजरकोटका तीन नगरपालिका र चार गाउँपालिकाको बेरुजु २७ करोड ६८ लाख ३७ हजार रुपैयाँ देखिएको छ । महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन २०७८ अनुसार सबैभन्दा बढी छेडागाड नगरपालिकामा बेरुजु देखिएको हो ।

छेडागाडले एक अर्ब २३ करोड ५६ लाख नौ हजारको लेखापरीक्षण गराएकामा आठ करोड एक लाख ७३ हजार अर्थात् ६ दशमलव ४९ प्रतिशत बेरुजु देखिएको हो । यसैगरी शिवालय गाउँपालिकाले ५८ करोड एक लाख ४१ हजारको लेखापरीक्षण गराएकामा तीन करोड ४७ लाख नौ हजार अर्थात् पाँच दशमलव ९८ प्रतिशत, जुनीचाँदे गाउँपालिकाले ९५ करोड ५२ लाख पाँच हजारको लेखापरीक्षण गराएकामा चार करोड ६६ लाख ६१ हजार अर्थात् चार दशमलव ८८ प्रतिशत बेरुजु आएको हो  ।

 बारेकोट गाउँपालिकाले ७६ करोड ६९ लाख ७१ हजारको लेखापरीक्षण गराएकामा तीन करोड २९ लाख ८६ हजार, भेरी नगरपालिकाले एक अर्ब २२ करोड ५८ लाख १७ हजारको लेखापरीक्षण गराएकामा तीन करोड ४८ लाख १३ हजार, नलगाड नगरपालिकाले एक अर्ब आठ करोड २४ लाख सात हजारको लेखापरीक्षण गराएकामा दुई करोड ७१ लाख ६५ हजार अर्थात् दुई दशमलव ५१ प्रतिशत बेरुजु देखिएको हो ।

जिल्लामा सबैभन्दा कम कुशे गाउँपालिकाको बेरुजु देखिएको छ । कुशेले ८६ करोड ४४ लाख ३२ हजारको लेखापरीक्षण गराएकामा रु दुई करोड तीन लाख ३० हजार अर्थात् दुई दशमलव ३५ प्रतिशत बेरुजु देखिएको हो ।

हिसाबकिताब पारदर्शी नराखेको, आर्थिक ऐन र नियमावलीविपरीत भुक्तानी दिइएको, कागजात र बिल भर्पाइ नमिलेको, नियमावलीविपरीत खरिद तथा भुक्तानी दिइएको आदि कारण जनाउँदै महालेखाले बेरुजु निकालेको हो । बेरुजु रकममध्ये केही असुलउपर गुर्नपर्ने, केही नियमित गर्नुपर्ने र पेश्की बेरुजुका रूपमा रहने कोष तथा लेखा नियन्त्रकको कार्यालयका निमित्त कोष नियन्त्रक राम शाहले बताए । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.