add

१० प्रतिशत बढ्यो रेमिट्यान्स, १२ महिनामा ९ खर्ब ६१अर्ब भित्रियो






ActPro Nepal

|

१० भदौ, २०७८

|
1039

काठमाडौं  । गएको आर्थिक वर्षमा नेपाल भित्रिने विप्रेषण रकम (रेमिट्यान्स) ९.८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकको अनुसार गएको वर्ष ९ खर्ब ६१अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

कोरोना महामारीका कारण विदेशमा धेरै नेपालीको रोजगारी गुम्ने र उनीहरूले पठाउने रेमिट्यान्स घट्ने अनुमानका बीच पनि नौ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । अमेरिकी डलरमा पनि रेमिट्यान्स ८.२ प्रतिशतले बढेर आठ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

यस्तै आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ६२.५ प्रतिशतले घटेको छ ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या पनि गएको वर्ष ४६.८ प्रतिशतले घटेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.