add

मानुषी लघुवित्तको आईपीओ आज बाँडफाँड हुँदै,कतिले पाउने, कतिले नपाउने ?






ActPro Nepal

|

७ भदौ, २०७८

|
1222

काठमाडौं । मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (भदाै ७ गते, साेमबार) हुँदैछ । 

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टले सोमबार बिहान साढे ८ बजे आफ्नै कार्यालयमा आइपीओ बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले साउन २७ देखि ३१ गतेसम्म सर्वसाधारणबाट आइपीओका लागि आवेदन लिएको थियो।

प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयरका लागि २४ लाखभन्दा बढीले आवेदन दिएका थिए।

गोला प्रथाबाट ३६ हजार ८ सय ५९ जनाले मात्रै १० कित्ताका दरले सेयर पाउनेछन्। तीनजनाले थप एक कित्ता शेयर पाउने पनि बताइएको छ।

मागभन्दा बढी आवेदन परेकाले कुल आवेदकमध्ये ९८.४७ प्रतिशत आवेदक शेयर पाउनबाट वञ्चित हुनेछन्। आवेदकमध्ये १.९८ प्रतिशतले मात्र आइपीओ पाउनेछन्।

यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गरेको छ । क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले मानुषीको आइपीओलाई ‘केयर एनपी बी प्लस’ रेटिङ दिएको छ ।

यसले निष्कासनकर्ता कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको जनाउँछ । केयरले गत चैत ३ गते उक्त रेटिङ दिएको हो । यो रेटिङ आगामी चैत ३ गतेसम्म कायम रहनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.