add

अर्थमन्त्रालय र मातहतको निकायमा रहेका सहसचिवहरूको जिम्मेवारी हेरफेर,कसलाई कहाँ ?






ActPro Nepal

|

४ भदौ, २०७८

|
539

काठमाडाैं । अर्थ मन्त्रालयले ६ जना सहसचिवको जिम्मेवारी हेरफेर तथा पदस्थापन गरेको छ । मन्त्रालयमा केही दिन अगाडि सरुवा भएर गएका चार जना सहसचिवको पदस्थापन गरिएको हो । तीन जना सहसचिवको जिम्मेवारी भने हेरफेर गरिएको मन्त्रालयले जनाएको छ ।

यसअनुसार आन्तरिक राजस्व विभागको महानिर्देशकमा रहेका झक्कप्रसाद आचार्यलाई मन्त्रालयमा तानिएको छ । उनको स्थानमा शोभाकान्त पौडेल नियुक्त भएका छन् ।

भन्सार विभागमा रहेका महानिर्देशक यमलाल भुसाललाई समेत मन्त्रालयमा तानिएको छ । उनको स्थानमा नारायणप्रसाद सापकोटालाई जिम्मेवारी दिइएको छ । पौडेल यसअघि सञ्चार मन्त्रालय र सापकोटा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए । आचार्य र भुसाललाई मन्त्रालयमा जगेडमा राखिएको छ ।

यस्तै अर्थको प्रशासन प्रमुखको जिम्मेवारीमा केदारनाथ शर्मालाई ल्याइएको छ । मन्त्रालयको बजेट महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सुमन दाहालको ठाउँमा लगानी बोर्डमा रहेका भूपाल बराललाई लगिएको मन्त्रालयले जानकारी गराएको छ । दाहाललाई आर्थिक नीति महाशाखामा लगिएको छ ।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.