add

सान्जेन हाइड्रोपावर (SJCL) बिजुली उत्पादनको अन्तिम चरणमा






ActPro Nepal

|

२ भदौ, २०७८

|
6507

रसुवा। आमाछोदिङ्‍मो गाउँपालिका वडा नंबर  ५ मा निर्माणाधीन सान्जेन जलविद्युत आयोजनाको ३ हजार ६ सय ७४.८ मिटर लम्बाइको मुख्य सुरुङमार्ग १६ महिनाअघि नै ‘ब्रेकथ्रु’ भइसकेको हो । 

आयोजनाको सबैभन्दा महत्वपूर्ण मानिएको मुख्य सुरुङमार्ग ब्रेकथ्रु गर्ने  काम सकी पावरहाउस निर्माण र पेनस्टक पाइप राख्ने काम समेत सम्पन्न भइसकेको छ । बाँधस्थलतिरको संरचना निर्माणको काम पनि सकिएको छ। । आयोजनाको सिभिलतर्फको निर्माण कार्य एईडब्लु–टुँदीले गरेको हो । ९८% काम सम्पन्न भैसकेको १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाबाट निस्केको पानी र छुप्तुङ खोलाको पानीलाई मिसाइ ३ हजार ६ सय ७४.८ मिटर लामो सुरुङ र ९ सय ४० मिटर लामो पेनस्टक पाइपबाट चिलिमेमा ३ वटा टर्बाइनमार्फत ४२.५ मेगावाट विद्युत् उत्पादन हुँदैछ । 

२०७७ दशैंसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य आयोजनाले राखेकोमा कोरोनाको प्रभावले थोरै ढिला भएको तर  ९0% भन्दा माथि काम सम्पन्न भएकोले अब छिटै बत्ती बालिने कुरा आयोजनाका कर्मचारीहरूले बताएका छन् । कोरोना भाइरस (कोभिड–१९) को प्रभाव आयोजनामा पनि परेको छ । लकडाउनको कारण नयाँ वर्ष मनाउन चीन गएका प्राविधिक तथा कामदार उतै रोकिँदा आयोजनाको इलेक्ट्रोमेकानिक काम केही प्रभावित भएको कम्पनीले बताएको छ । सम्पूर्ण दीर्घकालीन ऋण कर्मचारी संचयकोषबाट लगानी भइरहेको यस कम्पनीका दुबै आयोजनाले यसै वर्षभित्रै बत्ती बाल्ने कुरा कम्पनीको २०७७/७८ को चौथो त्रैमासिक प्रतिवेदनमा उल्लेख छ । चिलेमे हब सब स्टेसनको निर्माणसम्पन्नता हुनुभन्दा पहिले नै तत्काल  माथिल्लो सान्जेनको बिजुली उत्पादन हुने हुँदा उत्पादनसँगै वितरणकार्य सुरु हुन कुनै कठिनाइ नहुने कुरा पनि प्रतिवेदनमा उल्लेख छ । 

केही चिनियाँ प्राविधिकहरू यतै बसी लगातार काममा खटिइरहेका छन् । आयोजनाको विद्युत् उत्पादन गर्ने कार्य तालिकामा थोरै प्रभाव परे पनि अब छिटै बिजुली बलेको देख्न पाइनेछ । सान्जेन जलविद्युत कम्पनी लिमिटेड चिलिमे जलविद्युत कम्पनीको सहायक कम्पनी हो । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडमा चिलिमे जलविद्युत् कम्पनी, नेपाल विद्युत प्राधिकरण र रसुवा जिल्लाको स्थानीय तह संस्थापक शेयरधनी छन् ।

आफ्ना सबै प्रतिवेदनहरू पारदर्शी रूपमा समयमा नै बुझाइरहेको यस कम्पनीका लगानीकर्ताले अब छिटै राम्रो प्रतिफल पाउने छन् । कम्पनीले धितोपत्र बोर्डमा २०७७/७८ को चौथो त्रैमासिक प्रतिवेदन पनि बुझाइसकेको छ। जस अनुसार कम्पनीको प्रतिसेयर आम्दानी वार्षिकीकरण रु. -0.९३/- हुँदा थोरैले मात्रै  ऋणात्मक देखिएको छ। बत्ती बल्न आँटेको कम्पनीको यो अंकमा प्रतिसेयर आम्दानी आउनु निकै राम्रो मानिएको छ । यसैगरी प्रतिसेयर खुद मूल्य रु. ९५/- तर प्रतिसेयर कुलसम्पति मूल्य भने रु. २६५/- रहेको छ । गत त्रैमासमा यस कम्पनीको सेयरमूल्य न्यूनतम रू. ३८९/- देखि अधिकतम  रु.५५०/- सम्म कारोबार भएको छ । छिटै बत्ती बल्न आँटेकोले सान्जेनको सेयरमा लगानीकर्ताको चाप निरन्तर बढ्दै छ।

४२.५ मेगावाट सान्जेन जलविद्युत् आयोजनाको कुल लागत ५ अर्ब २० लाख रहेको छ । सान्जेन जलविद्युत् कम्पनीमा  रसुवा जिल्लाका स्थानीय तहको ३ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत र चिलिमे जलविद्युत् कम्पनीको ३८ प्रतिशत संस्थापक शेयर रहेको छ भने रसुवावासीको १० प्रतिशत, कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीको १९.५ प्रतिशत, ऋणदाता संस्थाका कर्मचारीको १ प्रतिशत, प्रमोटर संस्थाको कर्मचारीहरुको ३.५ प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत लगानी रहेको छ । आयोजनाबाट उत्पादन भएको विद्युत् लाई चिलिमे हबमा लगेर जोडिने छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.