add

सञ्चालन नाफा बढेसँगै सनराइज बैंकको खुद नाफा १०.५५% बढ्यो






ActPro Nepal

|

३२ साउन, २०७८

|
568

काठमाडौं । सनराइज बैंकले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । 

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १० दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीले रू. १ अर्ब ३५ करोड ९४ लाख ७५ हजार खुद नाफा आर्जन गरेकोमा गत आवमा वृद्धि भएर रू. १ अर्ब ५० करोड २९ लाख ९० हजार पुगेको हो । 

गत आवमा कम्पनीको सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । अघिल्लो आवको तुनलामा गत आवमा सञ्चालन नाफा १८ दशमलव ९१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवको तुलनामा गत आव खुद ब्याज आम्दानी भने ८ दशमलव ७७ प्रतिशतले कमी आएको छ । 

चुक्तापूँजी रू.९ अर्ब ४८ करोड ७९ लाख रहेको कम्पनीले जगेडामा रू. ३ अर्ब ६८ करोड ६८ लाख ९१ हजार र रिटेण्ड अर्निङमा रू. १ अर्ब ६५ करोड १३ लाख सञ्चित गरेको हो । त्यसैगरी कम्पनीको वितरणयोग्य नाफा रू. ६० करोड १५ लाख ७४ हजार रहेको छ । 

कम्पनीको प्रतिशेयर आम्दानीमा सामान्य वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १५ दशमलव १६ रहेकोमा गत आवमा रू. १५ दशमलव ८४ रहेको हो । त्यसैगरी मूल्य आम्दानी अनुपात २२ दशमलव ९२ गुणा, तरलता अनुपात २४ दशमलव ७४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५६ दशमलव २६ रहेको छ । 




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.