add

मेस्सीलाई घरेलु मैदानमा भव्य स्वागत






ActPro Nepal

|

३१ साउन, २०७८

|
690

काठमाडौं । लियोनल मेस्सीले पेरिस सेन्ट जर्माइन (पीएसजी) बाट डेब्यु खेलका लागि केही प्रतिक्षा गर्नुपर्ने हुन सक्छ । तर उनले घरेलु मैदानमा आफूलाई अद्भूत स्वागत मिलेको बताएका छन् ।

शनिबार ‘प्रास देस प्रिन्सेज’ मैदानमा स्ट्रार्सवर्गगको सामना गर्नुअघि पीएसजीले मेस्सीसहितका आफ्ना ५ नयाँ खेलाडीलाई समर्थकमाझ सार्वजनिक गरेको थियो ।

पीएसजीले यस सिजन सर्जियो रामोस, जर्जियनियो विज्नाल्डम, असरफ हामिकी र गियानलुईगी डोनारुम्मालाई पनि क्लबमा भित्र्याएको थियो ।

यस खेलअघि यी खेलाडीहरु रंगशालामा वरपर घुमेका थिए । तर, मेस्सीले  आफ्नो डेब्युका लागि भने अझै केही समय पर्खनुपर्नेछ किनकी कोपा अमेरिका खेलेर फर्किएपछि उनले राम्ररी प्रशिक्षण गर्न पाएका छैनन् ।

उनले पीएसजीमा केवल दुई दिनमात्रै प्रशिक्षण गरेका छ । पीएसजीका प्रशिक्षक माउरिसियो पोचेटिन्होले यहीकारण मेस्सीको खेल हेर्न केही समय कुर्नुपर्ने बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.