add

रेमिट्यान्सको रकम बैंकमा जम्मा गर्दा बढी ब्याज पाइने, कति ?






ActPro Nepal

|

३० साउन, २०७८

|
766

काठमाडौं। मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले उपयोग गर्ने अन्तरबैंक ब्याजदरलाई ५ प्रतिशतमा यथावत् राखिएको छ।

नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीले शुक्रबारले चालू आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत उक्त कुरा बताएका हुन् ।

माथिल्लो करिडोरमा रहेको स्थायित्वलाई ५ प्रतिशतमा रहेको जानकारी दिए

मौद्रिक नीति सार्वजनिक गर्दै तल्लो करिडोरलाई १ प्रतिशतबाट वृद्धि गरी २ प्रतिशत कायम गरिएको जानकारी दिए।

नीतिगत रुपमा रहेको रिपोलाई ३ दशमलव ५० प्रतिशत कायम गरिएको छ। ब्याजदर कारोबारलाई थप प्रभावकारी बनाइने उनले जानकारी दिए।

तरलता अनुपातमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले कायम गर्नुपर्ने १०, ८ र ७ प्रतिशत कायम गरिएको जानकारी दिए। त्यस्तै रेमिट्यान्सलाई बैंकमा जम्मा गरे १ प्रतिशत बढी ब्याज पाइने भएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाले थप कर्जा प्रवाह गर्न पाउने भएका छन् । राष्ट्र बैंकले सीसीडी रेसियो ८५ बाट ९० प्रतिशत बनाएको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.