add

शेयर बजारमा उछाल, परिसुचक ३१६१ अंक पुग्दा १७ अर्ब ८४ करोड को कारोबार






ActPro Nepal

|

२६ साउन, २०७८

|
1175

काठमाडौं । साताको तेस्रो दिन शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । मंगलबार नेप्से परिसूचक ५१.८६ अंकले बढेर ३१६१.४४ अंकमा पुगेको यो अहिलेसम्मकै सबैभन्दा उच्च बिन्दु हो ।

मंगलबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । मंगलबार इन्डेक्स १२ अंकले बढेर ५८७.९५ अंकमा पुगेको छ ।

आज विकास बैंक र फाइनान्स समुहको सूचक सबैभन्दा देरै वृद्धि भयो । विकास बैंकको सूचक ८.०७ प्रतिशत र फाइनान्सको ६.७८ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक घट्यो । ट्रेडिङको सूचक १.६६ प्रतिशत घट्यो ।

मंगलबार कारोबार रकममा पनि वृद्धि भएको छ । आज २२५ कम्पनीको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ८४ करोडको कारोबार भयो ।

आज ११ कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो । शेयर मूल्य १० प्रतिशत बढ्ने कम्पनीमा बेस्ट फाइनान्स, जीवन विकास लघसवित्त, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, आइसीएफसी फाइनान्स, पोग्रेसिभ फाइनान्स, महालक्ष्मी विकास बैंक, कामना शेवा विकास बैंक, सिन्धु विकास बैंक र ज्योति विकास बैंक रहेका छन् । अन्य ८ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरै बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा साञ्जेन जलविद्युत कम्पनी रहेको छ । कम्पनीको शेयर मूल्य ५.१६ प्रतिशत घट्यो ।

मंगलबार सबैभन्दा धेरै कारोबार अपर तामाकोशी हाइड्रोपावरले गर्यो । हाइड्रोपावरले ८९ करोड ५८ लाखको कारोबार गर्यो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.