add

मैलुङ खोलाको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् सजिलै नतिजा






ActPro Nepal

|

२६ साउन, २०७८

|
1238

काठमाडौं। मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर(आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बिहान ९ बजे आइपीओ बाँडफाँड गरेको हो ।

कम्पनीको आइपीओमा कुल २० लाख ६७ हजार ९ सय ६७ जनाको आवेदन परेकोमा २ हजार ८ सय ४३ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकी रहेका २० लाख ६५ हजार १ सय २४ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको हो ।

जस अनुसार गोलाप्रथाबाट ६८ हजार ४ सय ७४ आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । यी मध्ये ६ जनाले थप १ कित्ता अर्थात् ११ कित्ता शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १९ लाख ९९ हजार ४ सय ९३ जना आवेदक हात खाली भएका छन् ।

कम्पनीले साउन १४ गतेदेखि ७ लाख २६ हजार २८६ कित्ता आइपीओ निष्काशन गरेको थियो।

यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारी र ५ प्रतिशत हुने ३६ हजार ८१४ कित्ता शेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता शेयरमा सर्वसाधारणको लागि आवेदन खुला गरेको थियो ।

२ करोड ८५ लाख ४१ हजार ८४० कित्ताका लागि ४१.६८ गुणा बढी आवेदन परेको थियो ।

कम्पनीले यस अघिनै आयोजना प्रवाभित स्थानीयका लागि ३ लाख ६८ हजार १४४ कित्ता १० प्रतिशत आइपीओ बिक्री गरिसकेको छ । मैलुङको आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डि इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड, कम्पनी ऐन, २०६३ बमोजिम २०५९ साउन ७ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेडको रूपमा दर्ता भएको थियो । २०७१ भदौ ६ गते पब्लिक लिमिटेडको रुपमा परिणत भएर कारोबार सञ्चालन गर्दै आएको छ ।

कम्पनीले विद्युत उत्पादन गर्ने अनुमति २०६० चैत ३ गते प्राप्त गरेको थियो । र, यो अनुमतिपत्र विसं २०९४ चैत मसान्तसम्म बाहल रहनेछ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले रसुवा जिल्लामा वहने मैलुङ खोलाको पानी उपयोग गरी ५ मेगावाट क्षमताको मैलुङ खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको वेबसाइट बाट पनि नतिजा हेर्न पाइनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

मेरो शेयरको वेबसाइटबाट आफुले आइपीओ आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । दिउँसोसम्ममा नतिजा प्रकाशित हुने बिक्रि प्रबन्धकले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.