add

सूचना तथा प्रविधि क्षेत्रमा ३ अर्ब बराबरको लगानी प्रतिवद्धता






ActPro Nepal

|

२६ साउन, २०७८

|
1330

काठमाडौ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भित्रिने वैदेशिक लगानीको प्रतिवद्धतामा कमी आएको छ । 

अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष सूचना तथा प्रविधि क्षेत्रमा भित्रिएको वैदेशिक लगानीमा ५८ प्रतिशत कमी आएको उद्योग विभागको तथ्यांकले देखाएको छ ।

विभागको गत आर्थिक वर्ष २०७७/७८ को तथ्यांकअनुसार सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा ८० करोड रुपैयाँको मात्रै वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उक्त वर्ष विभिन्न ६ वटा परियोजनामा ८० करोड रुपैयाँको लगानी आउदा ४१० जनाले प्रत्यक्ष रोजगारी पाएका थिए ।

यो लगानी प्रविद्धता आ.व. २०७६/७७ को भन्दा ५८.७६ प्रतिशत कम हो । उक्त वर्ष सूचना तथा प्रविधि क्षेत्रमा १ अर्ब ९४ करोड रुपैयाँको लगानी प्रविद्धता आएकोमा १ हजार २६१ जनाले प्रत्यक्ष रुपमा रोजवगारी पाएका थिए ।

यस्तो छ पछिल्लो ५ वर्षको तथ्यांक

पछिल्लो ५ वर्षको तथ्यांक अनुसार सूचना तथा प्रविधिको क्षेत्रमा कुल ३ अर्ब ३४ करोड रुपैयाँको लगानी भित्रिएकोमा ३ हजार १७६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

विभागको तथ्यांक अनुसार सबैभन्दा धेरै लगानी आर्थिक २०७६/७७ मा भित्रिएको छ । उक्त वर्ष सूचना तथा प्रविधि क्षेत्रमा १ अर्ब ९४ करोड रुपैयाँको लगानी प्रविद्धता आएकोमा १ हजार २६१ जनाले प्रत्यक्ष रुपमा रोजवगारी पाएको विभागको तथ्यांकले देखाउँछ ।

त्यस्तै, आ.व. २०७३/७४ मा सूचना तथा प्रविधिको क्षेत्रमा ८ करोड ५५ लाख रुपैयाँको वैदेशिक लगानी आएको थियो भने ३३५ जनाले प्रत्यक्ष रोजगारी पाएका थिए । जसमा ९ वटा उद्योगमा लगानी भएको थियो ।

आ.व. २०७४/७५ मा कुल १८ परियोजनामा १४ करोड ५० लाख रुपैयाँको लगानी प्रतिवद्धता आएको थियो । जसमा ७१५ जनाले प्रत्यक्ष रोजगारी पाएका थिए ।

त्यसैगरी, आ.व. २०७५/७६ मा सूचना तथा प्रविधिको विभिन्न १५ उद्योगमा ३६ करोड ९० लाख रुपैयाँको लगानी प्रतिवद्धता आएकोमा ४५५ जनाले रोजगारी पाएका थिए ।

आर्थिक वर्ष २०७७/७८ मा सूचना तथा प्रविधिको क्षेत्रका ६ कम्पनीमा ८० करोड रुपैयाँको लगानी भित्रिएको छ । जसमा ४१० जनाले प्रत्यक्ष रोजगारी पाएका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.